Worldlink Communications

पत्रकार महासंघ द्वारा आयोजित चारदिने फिचर लेखन कार्यक्रम आज समापन

भाद्र २५, पोखरा

आज नेपाल पत्रकार महासंघ को कार्यालय मा चारदिने फीचर लेखन कार्यक्रम २२ गते सुरु भएर आज समापन गरिएको हो। प्रमुख प्रशिक्षक निर्मला शर्माले प्रशिक्षण गर्नुभएको सो कार्यक्रममा  १८ जना सहभागीहरू हुनुहुन्थ्यो।

रामप्रसाद तिमिल्सिना को अध्यक्षतामा भएको सो समापन कार्यक्रम कार्यवाहक सचिव रेम विश्वकर्माले सञ्चालन गर्नुभएको थियो भने पत्रकार महासंघ को चारदिने फिचर लेखन तालिम  कार्यक्रमका  संयोजक रामप्रसाद दाहालले चारदिनको कार्यक्रमको बारेमा प्रष्ट पार्नुभएको थियो।

प्रेस युनियनका अध्यक्ष रमेश पौडेलले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न आवश्यक भएको बताउनुभयो भने मिडिया मा राम्रो सिप क्षमता भएका व्यक्तिहरू निस्कन जरुरी छ भन्नुभयो । त्यस्तैगरी निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठले समचार लेख्न नसक्ने हरु पत्रकार बन्न नसक्ने बताउनुभयो भने फिचर लेखन र समाचार को दुनिया मा दक्ष जनशक्ति अभाव भएको र त्यसलाई पूर्ति गर्न तपाईहरुमा निखारता आउनुपर्छ भन्नुभयो भने अझै हामि हरु समाचार खोज्न बजार बजार दौडिरहेका हुन्छौँ फिचर न्युज भनेको त no news  good news भन्नुभएको थियो।

त्यस्तैगरी पूर्वअध्यक्ष पुण्य पौडेलले हामीले विगतमा यस किसिमका तालिम लिन काठमाडौँ बुटवल गएर सिकेका थियौं भन्दै तपाईंहरू को लागि यही तालिम पोखरा मा  नै  व्यवस्था भएको र यसबाट अत्याधिक फाइदा लिनु हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो।

चार दिने प्रशिक्षण कार्यक्रमका प्रशिक्षक निर्मला शर्माले यो चारदिने फिचर लेखन तालिम एडभान्स तालिम भएको बताउनुभयो यो एडभान्स तालिम लिएपछि तपाईहरुपनि फिचर लेखनमा  एडभान्स बन्नुपर्छ भन्नुभयो।

त्यस्तैगरी प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले पत्रकार भनेको समाजको नेतृत्व गर्ने अगुवाई गर्ने भएको हुनाले सबै समाचारहरुमा सत्यतथ्य मा आधारित रहेर लेख्नु पर्छ भन्नुभयो।

कार्यक्रमको अध्यक्षता गर्नु भएका राम प्रसाद तिमिल्सिनाले केन्द्रको निर्देशनमा पत्रकार छनौट गरी तालिमको आयोजना गरिएको पत्रकारहरु हरूको तालिम लाई लिएर लाइसन्स प्राप्त पत्रकार बनाउने र तालिम लिएका विशेष यस तालिम ले तपाईं हरुले व्यवहारमा लागू गर्दै पत्रकारितालाई  अझै उचाइमा पुर्याइ अगाडि बढ्न आग्रह गर्नुभएको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: