Worldlink Communications

जय लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि को बार्षिक साधारण सभा समपन्न

भाद्र २५, पोखरा

पोखरा महानगरपालिका वाड नम्बर १९ र  साखा कार्यलय रानिपौवा मा अवस्थित जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि को सातौं बार्षिक साधारण सभा जित इभेन्ट पार्टी प्यालेस मा  सम्मपन्न भएको  छ ।

जय लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि को कार्यक्रम संस्था का अध्यक्ष निलराज आत्रेय को अध्यक्षता मा भएको थियो भने  कार्यक्रम प्रमुख अतिथि प्रदेश माननीय भौतिक पूर्वाधार तथा यातायात विकास मंत्री कुमार खड्काले गर्नुभएको थियो। कार्यक्रमलाई भव्य र सभ्य बनाउन को लागि संस्थाका सचिव शिवलाल उपाध्ययले सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा गण्डकी प्रदेश का सभासद डा. पुष्पा के सि भण्डारी, पोखरा महानगरपालिका वडा न.१६ अध्यक्ष अमृत तिमिल्सिना , १९ का अध्यक्ष पुसपेन्द्र पाण्डे र माछापुच्छ्रे गाउँपालिका वडा न .२ का वडाध्यक्ष विशिष्ट अतिथि को रुपमा आसीन हुनुहुन्थ्यो भने विभिन्न संघसंस्था, क्लब आमा समूह का अध्यक्ष अर्थात् प्रतिनिधिहरु अथितिको आसनमा असिन हुनुहुन्थ्यो। करिब ८०० भन्दा बढीको उपस्थितिमा भएको बार्षिक साधारणसभा आफैमा भब्य र सभ्य देखिन्थ्यो।

कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुँदै यादव राज अधिकारले आफ्नो मन्तब्य दिनुभएको थियो भने राष्ट्रिय गीत गाएर राष्ट्र प्रति सम्मान गरिएको थियो। सोही कार्यक्रम पछि सहकारीका चालक राधा सुवेदीले  सहकारी का सात सिद्धान्त बाचन गर्नुभएको थियो ।

पानसमा बत्ती बालेर आजका प्रमुख अथितिले कार्यक्रम को उद्घाटन गर्नुभएको  थियो।जय लक्ष्मी बचत त ऋण तथा सहकारी संस्थाका अध्यक्ष निलराज आत्रेय ले आफ्नो अध्यक्षइ  प्रतिवेदन वाचन  गर्नु भएको थियो।

त्यसैगरी विभिन्न संघसंस्थाका अतिथि अध्यक्षहरु को लागि तीन मिनेट स्वागत मन्तव्य दिनको लागि छुट्याइएको थियो भने विशिष्ट अतिथिहरुको को लागि पाँच मिनेट समय छुट्याइए सो कार्यक्रममा सबै अतिथीहरुले सोही समयमा आफ्ना शुभकामना मन्तब्य हरु सकेर कार्यक्रम लाई छुटकाइलो बनाउनुभएको थियो।

प्रमुख अतिथि को आशनबाट प्रदेश संसद एवं मन्त्री कुमार खड्का ले सहकारीहरुले समाजमा धेरै राम्रो काम गरिरहेका छन भनेे घरका सामान्यतया समस्याहरु समधान देखि लिएर अहिले आएर विशिष्ट कामहरु समेत गर्न सकिरहेको हामीले देखि रहेको छौ भन्नुभयो।

यो परिवेशमा सहकारी सञ्चालकहरू असल इमान्दार भएर काम गरेमा सस्था हरु फस्टाउँदै जानेछन् कोही कसैले शंका गर्नुपर्दैन भन्नुभयो । यसो त सहकारी संचालकहरू मा इमानदारी सङै  जिम्मेवारीपन भयो अर्थात सहकारीका सात सिद्धान्त भन्दा बाहिर गएर काम गरिएन भने सहकारीहरु डुब्ने बिग्रेने भत्किने भन्ने कुरा हुँदै हुदैन भन्नुभयो।

प्रमुख अतिथि लगायत अतिथिहरू लाई मायाको चिनो प्रदान गरिएको थियो भने सस्था का अध्यक्ष निलराज आत्रेय द्वारा धन्यवाद-ज्ञापन मन्तव दिदै उद्घाटन सत्र कार्यक्रम समापन गर्नुभएको थियो ।

-प्रकाश अधिकारी

 

 

प्रतिक्रिया दिनुहोस्: