Worldlink Communications

रिचमण्ड फेलोसिप पोखरा कास्की द्वारा नवनिर्मित परामर्ष कक्षको समुदघाटन

भाद्र २६, पोखरा

पोखरा मादक पदार्थ तथा लागु औषध उपचार केन्द्र पोखरा ११ काहुँ कास्की द्वारा नवनिर्मित परामर्ष कक्षको समुदघाटन समारोह    को अध्यक्षता रिचमण्ड फेलोसिप पोखराका अध्यक्ष सन्तोष गुरुङले गर्नु भएको थियो ।

प्रमुख अथिति गण्डकी प्रदेश सरकारका कानुन न्याय सन्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापा हुनुहुन्थ्यो उहाँले लागुअौषध भन्ने कुरा एस्तो खतरानाक चिज हो वस्तु हो जसले आफ्नो बाउ आमाको घाटि कतिखेर निचर्छ छ, छोराछोरी, भाइ बहिनीको घाटी कतिखेर निचोरेर घटना घटाउँछ भन्ने विषयको कुनैपनि अडकल गर्न नसकि ऊसँग सबै डराइ राखनु पर्ने भएको हुनाले पनि त्यस किसिमका  सुधारगृहहरू मा ल्याएर राख्न सुझाउनु भएको थियो। यस किसिमका संस्थाहरुमा सरकारको पनि महत्वपूर्ण भूमिका र सहयोग हुनुपर्ने वातावरण बनाउनुपर्छ। आफ्नो पारिवारिक रुपमा पनि यस किसिमको कुलत म परेर आफुले आफ्नो सन्तान नै गुमाउन परेको तितो वास्तविकता  भोग्नु परेको बताउनुभएको थियो। कार्यक्रमलाई सभ्य र भव्य बनाउनको लागि रिचमन्ड फेलोसिप पोखराका कोषाध्यक्ष जित थकाली ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

विशेष अतिथिहरुमा जिल्ला प्रहरी कार्यालयका डिएसपी सुन्दर तिवारी, पोखरा महानगरपालिका वडा नं ११ का अध्यक्ष प्रेम प्रसाद कर्मचार्य गर्नुभएको थियो भने अतिथि हरुमा लागू पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूहका अध्यक्ष विष्णु गुरुङ, वडा प्रहरी कार्यालय रामबजार का प्रमुख तथा साथै सामुदायिक प्रहरी सेवा समन्वय समितिका अध्यक्षहरू तथा प्रतिनिधिहरु ,स्थानीय रुपमा सक्रिय आमा समूहको उपस्थिति मा नब निर्मित भबन समुद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

राष्ट्रिय गित बजाएर सुरु गरिएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष अन्जना तज्या दिनुभएको थियो भने आमा समूह तर्फबाट विष्णु गुरुङले शुभकामना व्यक्त गर्दै लागुऔषध सेवन भन्ने बिषय हेर्दा र सुन्दा सानो कुरा भएपनि यो सानो कुरा नभएको बताउनुभएको थियो जसको घरमा यस किसिमका कुलतमा परेका बाबु नानी हरु हुन्छन ती परिवारलाई मात्र थाहा हुन्छ लागुऔषध सेवन कस्तो सेवन हो भन्नुभयो।

 

विशिष्ट अतिथि हरूको तर्फबाट जिल्ला प्रहरी कार्यालय का डिएसपी सुन्दर तिवारी आफ्नो मन्तव राख्ने क्रममालागु औषधी सेवन अहिले स्तरीय तरिकाले बढ्दै गएको छ जसले शान्ति सुरक्षा मा खलल पुर्याउँछ भन्नुभयो नेपाल भरी का कारागार हरुको औषतमा कास्की कारागार मा ७.५ प्रतिसत ब्यक्ति ले लागुऔषध सेवन गर्ने हरु छन भने कास्की जिल्लाकै हकमा १७. २२ प्रतिशत मानिस हरु अहिले कारागारमा छन् भन्नुभयो।

पोखरामा नगरपालिका वड नं ११ का वडादक्ष्य प्रेम प्रसाद कर्माचार्य ले यो  रिचमन्ड फेलोसिप संस्था आफ्नै वडामा भएको हुनाले यस सस्था प्रति आफू पनि जवाफदेही भएको र यहाँ आइपर्ने हरेक गारहो सार्हो लाइ वडा ले गर्न सक्ने सबै किसिमका सहयोग गर्नेछ भन्नुभयो भने यस किसिमका कुलत र दुर्बेसन मा परेकाहरुलाई जोगाउनको लागि महत्वपूर्ण भूमिका परिवार ले नै खेल्नुपर्छ भन्नुभएको थियो। यदि कहि कतै यस किसिमका बालबालिकाहरु लागुऔषधको कुलतमा फसेका छन् भन्ने थाहा पाउनु भएको  छ भने  उनीहरुलाई यही सुधारगृहमा ल्याएर सुधार गर्नुपर्छ भन्नुभयो।

कार्यक्रमको अन्तमा प्रमुख अथिति विशिष्ट अतिथि तथा अतिथि हरु र गोल्डन आइ टेलिभिजन का सन्चालक अमृत कुमार भट्टराई लगायत अतिथि हरुलाइ सम्मान पत्र सहित मायाको चिनो ले सम्मान गरिएको थियो।

कार्यक्रमको अन्तमा कार्यक्रम को अध्यक्षता  गर्नुभएका अध्यक्ष सन्तोष गुरुङले यो सरकार  ढुङ्गा माटो बालुवा मा ऋण लगानी सहयोग लगानी गर्नसक्छ तर मानवका लागि यो सरकार  किन सहयोगी हात बढाउन कन्जुस्याइँ गर्छ  किन बजेट छुट्टाउन सक्दैन भन्नुभयो । सस्थाका अध्यक्षले यो गैरनाफामुखी सस्था हो मानबिय सेवामा  एनजिओ हरु यो देशको अघिअघि रहेका छन् भने सरकार पछिपछि छ यो व्यबहार सरकारले  देखाएको छ भन्दै आजको नवनिर्मित परामर्ष कक्षा समारोह भवनको उद्घाटन कार्यक्रम मा प्रमुख अतिथिको रुपमा गण्डकी  प्रदेश मन्त्री बिन्दु कुमार थापा आइ हाम्रो कार्यक्रम को शोभा बडाइदिनु भएको मा खुशी व्यक्त गर्दै आजको कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो।

-प्रकाश अधिकारी

 

 

 

प्रतिक्रिया दिनुहोस्: