Worldlink Communications

नेपाल वल्डभिगन र नेपाल भेजिटेरियन सोसाइटीको सह–आयोजनामा बृहत अन्तरष्ट्रिय महोत्सव २०७९- होटल ग्रान्डमा

भाद्र २८, पोखरा

पोखरामा वल्डभिगन अर्गनाइजेशन नेपालको आयोजना र नेपाल भेजिटेरियन सोसाइटीको सह–आयोजनामा प्रथम बृहत तथा विशुद्ध शाकाहारी अन्तरष्ट्रिय महोत्सव हिमालयन भीगन महोत्सव २०७९ असोज २/३/४ मा होटल ग्रान्ड मा हुने आयोजक हरुले आज भेटवार्ता गरेर बताउनुभयो।

पोखरामा ३ दिनसम्म चल्ने यस महोत्सवमा १ सयभन्दा बढी अन्तरष्ट्रिय ख्यातिप्राप्त वक्ताहरुको ज्ञान, अनुभव, प्रवचन, प्रतिनिधि र सेलीब्रिटीहरुको सहभागीता रहने आयोजकले जानकारी दिनुभएको छ । भीगन जीवनशैलीले मानिसको जिबनसैलिलाइ बदल्ने अचुक तरिका भएको ले यसको प्रचारप्रसार गर्ने उद्देश्यसहित साउथ एसियामा नै पहिलो पटक नेपालको लुम्बिनीमा भाद्र २८ र २९ गते, काठ्माण्डौंमा भाद्र ३० देखि आसोज १ गतेसम्म र पोखरामा असोज २ देखि ४ गतेसम्म संचालन हुने जानकारी दिनुभयो।

कार्यक्रममा विशुद्ध शाकाहारी, जनावर संरक्षणकर्ताहरुबीच को सम्बन्ध विस्तार गर्ने वातावरण सृजना गर्ने उद्देश्यले पनि यस महोत्सवको आयोजना गरिएको बताउनु भएको छ। ७५ भन्दा बढी सूचनामूलक प्रर्दशनीहरु, शानदार भीगन खानाका बिक्री कक्षहरु, भीगन खाना र वस्तु बजार, राष्ट्रिय तथा अन्तरष्ट्रिय सेफहरुद्धारा पाक शिक्षा प्रर्दशनी लगायतका अन्य थुपै्र गतिविधिहरु को प्रमुख आकर्षणका रुपमा यस महोत्सव हुने बताइएको छ ।

महोत्सवका कार्यकारी अध्यक्ष न्यौपानेका अनुसार विश्वमा बढ्दो ग्लोबल वार्मिङलाई कम गराउनको लागि पनि भीगनिज्मको विषयमा यस संस्थाको मार्फत सबैलाई जानकारी दिन यो महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बिस्वास लिएको बताउनुभयो।भीगन पर्यटनको सम्भावना दिनहुँ बढ्ने क्रममा रहेको र  यो संस्था प्राणी जगतलाई बचाउनु पर्छ भन्ने मान्यता का साथ संसारभर प्रचारप्रसार मा लागि पर्दै आएको र हाल सम्म नेपालमा भिगनिज्म हरुको  एकिन डाटा नभए पनि बिस्व मा ७९ मिलियन व्यक्तिहरुले भीगन जीवनशैली अपनाईरहेका बताउनुभयो। भीगनिज्मको अवधारणालाई नेपालमा पनि अपनाउन सकियो भने नेपालमा भीगन व्यक्तित्वहरुका लागि पर्यटकीय शहर बन्ने प्रचुर सम्भावना रहेको बताउनुभयो ।

नेपाल भेजिटेरियन सोसाइटी केन्द्रिय कार्यालय पोखराका अध्यक्ष ऋषिराम सापकोटाले प्रत्येक वर्षमा १० हजार मानिसहरुलाई भेगन बनाउने आफुहरुको लक्ष्य भएको बताउनुभयो । अबको दिनमा बोल्न नसक्ने आफ्नो माग राख्न नसक्ने अवोध जनावरहरूलाई काटेर खानु भनेको आफै कल्पना गर्नुस त्यो बाहादुर कस्तो बहादुर हो भन्नुभयो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: