Worldlink Communications

स्थानीय तहले वास्ता नगरेपछि सिर्जनसिल युवा क्लबको सहयोग लिएर चुनाव हारेका इमानराज अस्थायी पुल बनाउदै

भाद्र २८, पोखरा

पोखरामा नगरपालिका वार्ड नं १९ लामाचौर र २५ जोडने मर्दि पुल असार ५ गते को भिषण बर्षाको बाढीबाट ध्वस्त भएको मर्दी पुल मा आज पुरुन्चौर का युवाहरू को सक्रियता मा मानिस र मोटरसाइकल वारपार गर्न सक्ने पुल निर्माण गरिएको छ।

नव सृजनशिल युवा क्लब का अध्यक्ष राजकुमार गहतराज र पदाधिकारी ,परिवर्तन टोल बिकास संस्था का अध्यक्ष राम गिरि लगाएत त्यस सग सम्बद्द युवा हरुको साथ लिएर नेकपा एमाले का युवा नेता इमान राज पौडेल सो काम दुइ दिन लगाएर आज सक्नु भएको छ ।

ईमान राज पौडेल ले पुल भत्किएको दिन देखि नै हिन्दुहरूको महान चाडपर्वहरू पनि आउदैछन र यो पुल हेमजा पुरुन्चौर माछापुच्छ्रे गाउँपालिक जोडने कनेक्टिङ बाटो भयको ले धेरै मानिस हरु आबत जावत गर्नु पर्ने भएकोले अस्थाई सम्रचना बनाउने कुरामा जोड दिनुभएको थयो ।जति बेला मेयर धनराज आचार्य प्रदेस अर्थ मन्त्री रामजी बराल लगायत स्थलगत अवलोकन मा आउदा  इमान राज पौडेल ले जोडदार माग गर्नुभएको थियो।

इमान राज पौडेल का अनुसार पटकपटक यहि पुल बनाउन पर्यो भनेर आफू हरु जिल्ला प्रशासन कार्यालय ,सडक विभागको कार्यालय र पुल महाशाखा त्यसपछि प्रदेश सरकार, महानगर सरकार र वडा सरकारमा पटक-पटक डेलिगेसन जाँदा पनि तत्काल कसैले पनि केहि गर्ने चासो नलिएपछि जनताको न्युनतम सुविधा को लागि मानिस आवतजावत गर्न सक्ने मात्रै भएपनि केही गर्नुपर्छ भनेर स्थानीय युवाहरूको साथ लिएर उहाँले आफ्नो काम गरेरै छाडेको बताउनुभयो।

स्थानीय निकायले जनताको समस्या बुझ्ने काम नगरेको भन्दै स्थानीय नव सृजनशील क्लव का साथीहरु र परिवर्तन टोल विकास समितिको साथ लिएर नेकपा एमालेका स्थानीय निर्वाचनमा हार ब्यहोरेका इमान राज पौडेल को अगुवाइमा  बिगत केही महिना अघि बाट पुर्णरुपमा अवरुद्ध भएको यो पुल अहिले मानिस हरु र  मोटर साइकल हिडन सक्ने बनेको देखिन्छ ।

हुन‌त यो‌ काम केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको हुन पर्ने हो?तर ति सबै आउने‌ हेर्ने फोटो खिच्ने र जाने काम भयो तर पुल पुननिर्माण हुन सकेन सबै बाट आसमरे पछि हामि स्थानीय लाई  धेरै नै सास्ती भएको थियो त्यो  सास्ती हामि लाई मात्र थाह छ  भन्नु हुन्छ  नव सिर्जनसिल युवा क्लब का अध्यक्ष राजकुमार गहतराज।

स्मरणरहोस् नेपाल सरकार र जाईका द्वारा पोखरामा शुद्ध पिउने पानीको लागि फिल्टरेसन  ट्यांकी निर्माणको स्थल पनि सोही स्थानमा पर्छ ।त्यस निर्माण कार्यमा संलग्न सम्पूर्ण गाडीहरु वैकल्पिक मार्ग भएर जाने गरेको प्रष्ट देख्न सकिन्छ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: