Worldlink Communications

अपांगमैत्री कास्की बनाउन पहल गरिनेछ – जिल्ला समन्वय कास्की प्रमुख पौडेल 

असोज १, पोखरा

कास्की नेत्रहिन संघको २५ औं बार्षिक साधारण सभा र समदृष्टी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौं बार्षिक साधारण सभा तथा छैटौं अधिबेशन शनिवार  समापन भयो ।

अधिबेशन कास्किका जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलले उद्घघाटन गर्नुभएको थियो। पौडेलले कास्किमा बनेका धेरै बिकास संरचना र भौतिक पूर्बाधार अपाङ्गमत्री नभएको भन्ने सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै कास्की जिल्ला लाइ अपांगमैत्री जिल्लाको रूपमा स्थापित गर्न आफूले समन्व यात्मक भुमिका निर्बाह गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

पर्यटकीय शहर पोखरा कास्कीलाई हरेक दृष्टिकोण बाट सुन्दर बनाउन कास्कीका पाँचओटैपालिका हरुलाई अनुरोध गर्ने बताउनु भयो  भने सो अबशरमा बोल्ने बक्ताहरुले कास्कीका सडक सहित बिकासका भौतिक पूर्बाधार अपाङ्गमैत्री नहुदा आफूहरूले कठिनाई भोग्नु परेको भन्दै समाधान गरिदिन समन्वय प्रमुख पौडेल को ध्यानाकर्षण गराउनुभएको थियो ।

कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रिय उपाध्यक्ष खोमराज शर्मा ,राष्ट्रिय अपांग महासंघ केन्द्रिय सदस्य रमेश पोख्रेल , नेत्रहीन संघ गण्डकीका अध्यक्ष लक्ष्मण सुबेदी समदृष्टी सहकारीका पूर्ब अध्यक्ष शोभा पौडेल,उक्त सहकारीका अध्यक्ष शिशिर खनाल,अपांगमैत्री समाज कास्किका अध्यक्ष सन्त बहादुर परियार ,नेत्रहिन महिला संघ कास्किका अध्यक्ष कमला शर्मा ,पोखरा महानगर पालिकाका सामाजिक बिकास अधिकृत राधा बि.क. लगाएतले मन्तव्य राख्नुभएको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: