थानापति शिवमन्दिर सेवा समितिको दोस्रो अधिवेशन सम्पन्न अध्यक्ष :चेतन राज पौडेल


असोज ०३, पोखरा


पोखरा महानगरपालिका वाड नं २० को रर्यालचौरमा अवस्थित थानपति शिवमन्दिर सेवा समितिको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन बाट चेतराज पौडेल निर्बिरोध अध्यक्ष चयन हुनुभएको छ।
थानापति सिब मन्दिर विकास समितिको अधिवेशन सोही मन्दिर परिसरमा रहेको आमा समूह द्वारा निर्मित भवनमा सम्पन्न भएको थियो। कार्यक्रम सेवा समितिको अध्यक्ष गोमा बास्तोला को सभापतित्वमा भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं २० का जनप्रतिनिधि मिना हुनुहुन्थ्यो सो कार्यक्रमलाई भव्य र सभ्य बनाउन को लागि गणेश पौडेलले सञ्चालन गर्नुभएको थियो।
प्रमुख अथिति मिना पौडेलले ब्यानर पढेदै हस्ताक्षर गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रम सफलता को शुभकामना मन्तव्य दिनेहरुमा मुक्तिनाथ अधिकारी सस्थाको कार्यसमितिका सदस्य, कुलप्रसाद अधिकारी पिपलडाली बहुउद्देशीय कृषि सहकारी संस्थाका अध्यक्ष लगायत ले दिनुभएको थियो भने सचिव चेतराज पौडेलले सचिव को प्रतिवेदन पेस गर्नुभएको थियो त्यस्तैगरी थानापति आमा समुहकी सचिव विष्णु पौडेलले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो कोषाध्यक्ष गुरुप्रसाद बास्तोलाले कोषाध्यक्षको प्रतिवेदन मा विभिन्न शीर्षकहरूमा आय आम्दानी र खर्च हरु को फेहरिस्ता बताउनुभएको थियो भने सो कार्यक्रमका प्रमुख अथिति मिना पौडेलले यस संस्थालाई धेरै दुःखले हुर्काएको इतिहास अग्रज बाट बुझ्न सकिन्छ सुन्न सकिन्छ त्यहाँ बाट यहाँ सम्म ल्याउँदा धेरै कठिन भएको संस्थाका कामहरु अगाडि बढ्न नसकेको जस्तो बनाउनुपर्ने यो त्यस्तो बन्न नसकेको विषय आफुले नजिक बाट निहाले को भए पनि अहिले आफू जनप्रतिनिधि भएर पनि यश मन्दिर लाई सोचे जति बजेट छुट्याउन नसकेको मा धेरै दुखि भएको बताउनुभएको थियो।
कार्यक्रमको अन्त्य गर्दै कार्यक्रमको अध्यक्षता गर्नु भएकी गोमा बास्तोलाले आँफुले यस संस्थाको धेरै राम्रो काम गरेको आफूले यस संस्थाको सम्पत्तिहरु कही कसैलाई पनि कहिल्यै पनि दुरुपयोग गर्न नदिएको हरेक पटक पुजा हुदा मन्दिरबाट फर्किंदा निधारमा अक्ष्यता र शिरमा फूल लगाएको बाहेक आफूले केही नलगेको भन्दै आफ्नो इमान्दारिता देखाउनुभएको थियो। कार्यक्रम को पहिलो सेसन समाप्त गरेर दोस्रो सेसनमा प्रवेश गर्नुभएको थियो।
दोस्रो चरणमा अधिवेशन सफल पार्नको लागि सकेसम्म सर्वसम्मत तरिकाले समिति गठन गर्ने उद्देश्यका साथ गठन भएको निर्वाचन समितिले सुरुमा नै सफल पाएको थियो। समितिले निर्बिरोध पुर्ण समिति घोषणा भएको जानकारी गराउन ुु भएको थियो।
चेतराज पौडेलको अध्यक्षतामा १५ सदस्यीय कमिटि बनेको छ। जसमा बरिष्ठ उपाध्यक्ष कुल प्रसाद अधिकारी,उपाध्यक्ष रञ्जन पौडेल, सचिव विष्णुप्रसाद पौडेल, सहसचिव विष्णुप्रसाद बास्तोला, कोषाध्यक्षमा बाबुराम पौडेल र सदस्यहरुमा लिला दाहाल, मुक्ति अधिकारी, सूर्य बास्तोला ,गुरु प्रसाद बास्तोला, इन्दिरा पौडेल,मोहन पौडेल, अर्चना थापा नवराज पौडेल र चन्द्रावती पौडेल लगायतको १५ सदस्यीय कमिटि बनेको कार्यक्रम संचालक गणेश पौडेलले हामीलाई जानकारी दिनुभयो।
-प्रकाश अधिकारी



