Worldlink Communications

नेपाल प्रगतिशील प्राध्यापक संगठन पृथ्वीनारायण क्याम्पसको अधिबेशनबाट अध्यक्ष नवीन “प्यासी” अधिकारी

असोज ०६, पोखरा

नेपाल प्रगतिशील प्राध्यापक संगठन पृथ्वीनारायण क्याम्पसको आज भएको अधिबेशन बाट नवीन “प्यासी”अधिकारी सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित।

देसकै अग्रणी संस्थाको लाइन मा आफ्नो इतिहास र त्यसको विरासत उच्च राख्दै  पुरानो क्याम्पस को रुपमा अगाडि बढदै आएको पोखरा महानगर पालिकाका अन्तर्गत रहेको पुरानो क्याम्पस पृथ्वीनारायण क्याम्पस मा विगत लामो समयदेखि पेशागत हकहितको निम्ति गठन भएको नेपाल प्रगतिशील प्रध्यापक संगठनको इतिहास पनि लामो रहेको र यसको विरासतको निरन्तरताको लागि छात्र विश्राम गृहमा सन्चालन भएको कार्यक्रमलाई घनिभूत रुपले सम्पन्न गर्दै निर्वाचन मण्डलले निर्विरोध  सर्वसम्मत रुपमा अध्यक्ष सहित पदाधिकारीहरुको चयन भएको घोषणा गरेको थियो।

राजनैतिक संस्कारले ओतप्रोततित परिवारबाट हुर्किएका नबिन “प्यासी” अधिकारी  कक्षा ६ देखि स्कुले जीवनबाट आफ्नो राजनैतिक जीवन सुरु गरेका हुन। सानै उमेरबाटै मानव हकहितको निम्ति प्रष्ट बोल्ने निर्भीक ब्यक्ति  नबिन “प्यासी” अधिकारी २०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा विद्यालय स्तरबाट आन्दोलन नेतृत्व गरेका गरेका थिए।

नबिन अधिकारी ले २०५२ सालमा नेकपा एमालेको सदस्यता प्राप्त गरेको थिए। अध्ययनकै क्रममा  एस एल सि  पास गरे पछि पृथ्वीनारायण क्याम्पसको विद्यार्थी भई अध्ययन गर्दा बिभिन्न कार्यक्रमहरुमा विद्यार्थीहरूको हकहितको निम्ति अगाडि बढ्दै पृथ्वीनारायण क्याम्पस को स्ववियु सदस्य समेत बन्न पुगेका थिए। विभिन्न बाहनामा पटकपटक पार्टीको नजिक रहेर काम गरेका नविनले “प्यासी” अधिकारी नेकपा एमालेको नगर कमिटीको सदस्य भई आफ्नो जिम्मेवारी पूरा गरिसकेका उनि अहिले नेपाल प्रगतिशील प्रध्यापक संगठनको अध्यक्ष मा सर्वसम्वत अध्यक्ष बनेका हुन्।

नबिन “प्यासी” अधिकारी को अध्यक्षतामा गठन भएको समिति मा उपाध्यक्ष सुनिल गौतम,सचिव हिमलाल आचार्य , सह-सचिव अर्जुन सुवेदी र कोषाध्यक्ष अर्जुन पोख्रेल लगायत पन्ध्र सदस्य समिति निर्वाचन कमिटीले सर्बसम्मत निर्वाचित  हुनुभएको घोषणा गरेको थियो  ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: