Worldlink Communications

प्यारालाइसिस भइ उपचार गर्दै गरेका सुजन नेपालीलाई विन्देश्वरी युवा क्लबद्वारा सहयोग

असोज ८, पोखरा

पोखरा महानगरपालिका वडा नम्बर १९ बस्ने बर्ष २८ को सुजन नेपाली विगत एक महिनादेखि हरियो खर्क अस्पतालमा प्यारलाइसिस को उपचार गराइरहेको थाहा भएपछि आर्थिक रूपले संकटमा उपचार गराइरहेका सुजनको परिवारलाई  विन्देश्वरी यूवा क्लवले सहयोग हस्तान्तरण गरेको छ।

भनिन्छ सेवा नै धर्म हो र सेवा गर्ने लाई भगवान को‌ साथ सधै रहि रहन्छ भन्ने भावनाको चरितार्थ बनेको छ बिन्ध्यस्वरि युवा क्लब,यस युवा क्लब ले आफ्नो स्थापना कालदेखि नै बिभिन्न समयमा,बिभिन्न व्यक्ति र समुदायबाट बिभिन्न सहयोगको अपेक्षा गरिरहेको हाम्रो युवा क्लब का ति अपेक्षाहरुलाइ  केहि विदेशमा रहनुभएका र केही स्वदेश मा रहन  भएका मनका धनि हरुले आफ्नो मनलाई ठूलो बनाएर हामीप्रतिको आघात विश्वास जताएर हामीले गर्न खोजेका कामहरुलाई कार्यहरुलाई सहयोग गरिरहनुभएको वास्तविकता नै हाम्रो खुशीको कुरा हो भने अर्कोतिर मृत्युशैयामा लडिरहनु भएका  व्यक्तित्वले उपचार पाएर नयाँ जीवन पाउनु आफैंमा सुखद पक्ष हो भन्नुहुन्छ क्लब का अध्यक्ष अर्जुन ढुंगाना ।

अध्यक्ष भन्नुहुन्छ हामि  जतिबेला कुनै दुखि गरिब को नयाँ जीवनको लागि सहयोग मागी रहेका हुन्छौ र याहाँ हरूको सहयोग र माया पाईनै रहेका हुन्छौ यो हाम्रो युवा क्लब प्रतिको माया ममता सम्मान विश्वास प्रति नतमस्तक भएर नमन गर्न चाहन्छु।

क्लवको स्थापना भए देखी नै अध्यक्ष हुदै  अहिले निवर्तमान अध्यक्ष हुनुभएको बिकास कुमार आचार्य ले यो क्लव लाई यस स्थानमा पुर्याउन अहम भूमिका निर्वाह गर्नु भएकोमा यस सम्पूर्ण जसका लागि उहाँ लगायत उहांको टिमलाई धन्यवाद दिन चाहन्छौं भन्नुभयो।

हामिले हाम्रो क्लव लाई अव्वल बनाउनको निम्ति समाजमा भए हुनेगरेका विकृति विसंगति र कुरिती लाई हटाउदै समाज सेवामा अगाडि बढदै  गाउँमा रहेका गरिब दाजु भाई को स्वस्थ उपचार मा पैसाको अभाब र असुविधा को कारण ले कोहि कसैले पनि जिबन गुमाउन नपरोस भन्ने भावना लिइ अगाडि बढि हामिले सहयोग अभियान चलाएका हुन्छौ र यहाँ हरुको साथ पाई नै रहन्छौ भन्नुभयो ।

यसै बिषय अन्तर्गत यस क्लबले निर्मल बचाउ अभियान ,कुल बहादुर परियार बचाउ अभियान जस्ता कार्यक्रमहरु धेरै गरिसकेको र धेरैलाई सहयोग गरिसकेको र अहिले प्यारालाइसिस भएर हरियो खर्कमा अस्पतालमा  उपचार गराई रहनुुभएका पोखरा महानगर पालिका वडा नं १९ साविकको पुरून्चौर गा वि स वडा नं १ बस्ने श्री गाजु नेपाली को जेठो छोरा सुजन‌ नेपाली को लागि केही पैसा राहत स्वरुप क्लवका अध्यक्ष श्री अर्जुन ढुंगाना ज्यू बाट बिरामी का बुबा श्री गाजु नेपाली लाई रू ३१,५५५(एकतिस हजार पाँच सय पच्पन्न रूपैयाँ)‌ हस्तान्तरण गरिएको बताउनु भयो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: