शिवशक्ति सामुदायिक बन उपभोक्ता समुहको १८ औ बार्षिक साधारण सभा तल्लाकोट स्वास्थ्य चौकीको शभा हलमा

शिवशक्ति सामुदायिक बन उपभोक्ता समुहको १८ औ बार्षिक साधारण सभा तल्लाकोट स्वास्थ्य चौकीको शभा हलमा

परिबर्तन न्युज
८ आश्विन २०७९ बजे
परिबर्तन न्युज
८ आश्विन २०७९

असोज ८, पोखरा

पोखरा महानगर पालिका वडा नं १९ लामाचौर मा रहेको शिवशक्ति सामुदायिक बन उपभोक्ता समुहको १८ औ बार्षिक साधारण सभा तल्लाकोट स्वास्थ्य चौकीको शभा हलमा सब्य र भब्य रुपमा सम्पन्न भएको थियो।

Advertisement:Ad
Advertisement:Ad

कार्यक्रमको अध्यक्षता चेतप्रसाद बास्तोलाले गर्नु भएको थियो भने प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १९ का वडा सदस्य विकास आचार्य ले आतिथ्यता गर्नु भयको थियो। कार्यक्रम लाइ भब्य र सभ्य रुपले समिति का सचिब कबिता आचार्यले संचालन गर्नु भएको थियो ।कार्यक्रममा स्वागत मन्तब्य अपेक्षा बास्तोला ले दिनुभएको थियो।

जिल्ला बन कार्यलयमा २०६० सालमा दर्ता भएको यस संस्था २०७२ सालमा कास्की जिल्लामा दर्ता भएका ४९० वटा सामुदायिक बनहरु मघ्ये कास्की जिल्लाकै उत्कृष्ट सामुदायिक बनको रुपमा जिल्ला बन कार्यलय कास्कीले सम्मान ब्क्त गरेको र   सामुदायिक बनले हाल सम्म बिभिन्न रुपमा सामाजिक कार्य गर्दै आएको यस संस्थाले  साधारण सभामा SEE मा उत्रिण हुुनुुुभएका बन उपभोक्ताका छोरा छोरी लाई नगद पुरस्कार सहित खादा अबिरका साथ ८ जनालाई सम्मान गरेेेको बिषय ले आफुु ज्यादै खुुसी भएको  प्रमुुख अतिथि बिकास आचार्यले बताउनुभयो।

Advertisement:Ad
Advertisement:Ad

हरियो बन संग समन्ब्य गरी गाऊमा खानेपानि लगाएत , बिबिध रुपमा सामाजिक उत्तर दायित्व भित्र रहेर विभिन्न रचनात्मक काम गर्दै आएको विषय बनका संस्थापक अध्यक्ष भरत आचार्य ले बताऊनु भयो ।

कार्यक्रम मा सामुदायिक बन उपभोक्ता महासंघ कास्कीका अघ्यक्ष बिश्वनाथ लामिछाने बिशेष अतिथि रहनु भएको थियो भने अतिथिहरुमा संस्थापक अध्यक्ष भरत राज आचार्य ,पुर्ब अध्यक्ष हरु तुलसी प्रसाद बास्तोला ,शान्ती बास्तोला , पुर्णचन्द् बास्तोला , श्रीराम आचार्य, भोजराज बास्तोला , टोल प्रसाद अधिकारी, गोबिन्द आचार्य , निरा ढुड्गाना , नारायण केसी गर्नु भएको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज