Worldlink Communications

कास्कीमा संघ र प्रदेशको निर्वाचन अधिकृत को कार्यालय खुल्यो

असोज २१, पोखरा

निर्वाचन अधिकृत को कार्यालय कास्कीले मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि कास्कीमा मुख्य तथा तीन वटा निर्वाचन क्षेत्र रहेको कास्कीमा सोही निर्वाचनक्षेत्र लाई निर्वाचन अधिकृत कार्यालयको रुपमा क्षेत्र अनुसार तीन ठाउँमा खोलिएको जानकारी गराएको छ।

निर्वाचन अधिकारी का अनुसार पशुसेवा निर्देशनलाई परिसर हस्पिटल चोक मा क्षेत्र नं १ को कार्यालय खोलिएको , क्षेत्र नम्बर २ को पोखरा सभागृहमा खोलिएको छ भने क्षेत्र नम्बर 3 को जिल्ला समन्वय समितिको कार्यालयमा खोलिएको जानकारी गराएको छ।

निर्वाचन कार्यतालिकाअनुसार असोज २३ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता को मिति तय भएअनुसार तयारीको रुपमा आज सार्वजनिक गरिएको अधिकृतको कार्यालय खुलेको भन्ने जानकारी दिनुभयो।

कार्यक्रम मा मुख्य निर्वाचन अधिकृत प्रकाश खरेल प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी सायद प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल , अनिलकुमार शाही लगायत विभिन्न सुरक्षा निकायका अधिकृतहरूको सहभागिता सो जानकारी दिइएको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: