Worldlink Communications

मंसिर ४ को आमनिर्वाचनमा कास्कीमा एमाले र गठबंधन बाट को को भिड्दैछन

 

असोज २३, पोखरा

मंसिर ४ गते हुनगइरहेको आमनिर्वाचनमा गण्डकी प्रदेशको चासो को विषयमा रहेको राजधानी कास्कीमा कुन पार्टीले कस्लाई उमेदवार बनायो यो राष्ट्रियस्तरको नै चासोको बिषयको रुपमा हेरिएको छ।

कास्की मा एमाले एक्लै गठबन्धन (नेपाली कांग्रेस, समाजवादी,र माअाेवादी)सग प्रतिस्पर्धा मा खरो रुपमा उत्रिएको छ। सबैले अ आफ्नो उम्मेदवार लाइ ससक्त बनाइ प्रचारप्रसार मा जान सजिलो हुन्छ भन्ने सोच का साथ उमेदवार तय गरेको देखिन्छ।

कास्की जिल्लामा तीनवटा संघीय क्षेत्र छन । छ वटा प्रदेश क्षेत्र छन। जसमा सघिय क्षेत्र नम्बर एकमा नेकपा एमालेबाट मानबहादुर गुरुङ र नेपाली कांग्रेस बाट किशोर दत्त बराल बिच प्रतिस्पर्धा हुने भएको छ। १ को “क” मा एमाले बाट खगराज अधिकारी र गठबन्धन बाट दिपक कोईराला बिच,१को “ख”मा एमाले का बेद बहादुर गुरुङ र गठबन्धन बाट नेपाली कांग्रेस का दिपक गुरुङ माइला बिच प्रतिस्पर्धा हुने भएको छ।

त्यस्तैगरी सघिय क्षेत्र नं २ बाट नेकपा एमाले बाट बिधा देबि भट्टराई अधिकारी र समाजबादी बाट श्रीनाथ बराल बिच प्रतिस्पर्धा हुने भएको छ। २ को “क” मा नेकपा एमाले बाट भिम कार्कि र गठबन्धन बाट बिस्व प्रकास लामिछाने बिच,२ को “ख” बाट नेकपा एमाले बाट मिना गुरुङ र गठबन्धन बाट बिन्दु कुमार थापा बिच प्रतिस्पर्धा हुने भएको छ।

यसैगरी संघीय क्षेत्र नं ३ बाट नेकपा एमालेको तर्फबाट दामोदर बैरागि र गठबन्धनको तर्फबाट रामजी बराल जिबन बिच प्रतिस्पर्धा हुने भएको छ। क्षेत्र नम्बर ३ को “क” बाट नेकपा एमालेका राजिब पहारि र गठबन्धनबाट दुर्गा दत्त भण्डारी बिच र ३ को “ख” बाट नेकपा एमालेको तर्फबाट गणेशमान गुरुङ र गठबन्धनको तर्फबाट प्रकाश बराल बीच प्रतिस्पर्धा हुने भएको छ।

राजनैतिक पार्टीहरूको यो महा कुंभ मेलामा सबैले सबैलाई आफुले भने जस्तो नभई रहँदा हरेक पार्टी का अआफ्ना मूल्यमान्यता रहँदारहँदै पनि कहिलेकाहीँ एउटा टिकट सबैलाई दिन नमिल्दा हरेक पार्टीमा अझैपनि इमान्दार र विकासप्रेमी मान्छेहरुले टिकट नपाएका हुन् कि भनेर कार्यकर्ताहरुमा निराशा छाउनु मा सबैले अन्यथा नलिइ सबै आ-आफ्नो अस्तित्व जोगाउन चुनावमा नहोमिइ सुख छैन भने अर्कोतर्फ आज उम्मेदवारहरूको नामावली दर्ता गरदै गर्दा अन्य पार्टी र स्वतन्त्र हरुको स्थानहरुबाट कस्ता व्यक्तिहरूको उमेदवारी पर्छ उहाहरुलाईपनि नजरअंदाज गर्न हुँदैन है भन्ने जानकारहरु बताउँछन्।

-प्रकाश अधिकारी

 

प्रतिक्रिया दिनुहोस्: