Worldlink Communications

पोखरा मा भएको नबौ राष्ट्रिय खेलकदको उद्घघाटन गर्दै उपराष्ट्रपति नन्दकिशोर पुन

असोज २८,पोखरा

“एकतावद्ध देश खेलकुदको सन्देश” भन्ने नाराका साथ सुन्दर नगरी पोखरामा आजबाट राष्ट्रिय खेलकुद प्रतियोगिताको समुद्घाटन बिधिवत रुपमा उपराष्ट्रपति नन्द किशोर पुन ले उधघाटन गर्नु भएको हो । गण्डकी प्रदेश पोखरामा शुक्रबारबाट औपचारिक रुपमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको छ।

यस प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तयारी भएपनि उहाँलाई कोरोना संक्रमण भएपछि यस प्रतियोगिताको उद्घाटनका उपराष्ट्रपति नन्द बहादुर पुनले गर्नुभएको हो।

उपराष्ट्रपति पुनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै यस किसिमका प्रतियोगिताले खेलाडीहरुको लागि महान उत्सव ल्याएको बताउनुभयो । उपराष्ट्रपति ले यस पोखरा नगरि मा राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहँदा  गण्डकी प्रदेशलाई नै खेलकुद िय पर्यटन हबको गन्तव्यका रुपमा स्थापित गर्न योगदान पुग्न महत्वपूर्ण भूमिका खेलेको जनाउनुभयो ।

यस सुन्दर नगरी पोखरामा हुनलागेको राष्ट्रिय खेलकुद प्रतियोगिता मा सहभागिहुने सम्पूर्ण खेलाडीहरुलाई उच्चमनोबल र आत्मविश्वास का साथ ढुक्क संग खेलमा सहभागी बन्न आग्रह गर्दै सम्पुर्ण मा सफलताका लागि शुभकामना समेत दिनुभयो।

उपराष्ट्रपति पुनले यस नवौंराष्ट्रिय खेलकुद प्रतियोगिताले क्षमतावान, सक्षम र प्रतिभावान खेलाडीहरु तयार गर्ने विश्वास पनि व्यक्त गर्नु भयो ।प्रतियोगिता समुद्घाटन समारोहमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली पोखरेल, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्ग, राखेपका सदस्य सचिव टंकलाल घिसिङ लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

३६ वटा खेल र २ प्रदर्शनी सहित ३८ खेल समावेश गरिएको यस प्रतियोगितामा ६ हजार १ सय ५७ खेलाडीहरु सहभागि भएका छन भने करिब १ हजार ३ सय पदकका लागि प्रतिस्पर्धा हुने भएको छ ।यस प्रतियोगितामा सहभागी जनाउने ११ टिम को मार्चपासका साथै ट्रफी टुर्नामेन्टको  सातवटै प्रदेशको प्रतिनिधित्व झल्कने नृत्य लगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रहरु प्रस्तुत गरिएको थियो ।

स्मरण रहोस वि.सं २०३८ सालमा राखेपका तत्कालीन सदस्य सचिव शरदचन्द्र शाहले सुरुवात गरेको यस प्रतियोगिता २०४० सालमा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने मौका पोखरा ले पाएको थियो  त्यस को ठिक ३९ वर्षपछि फेरि यस प्रतियोगिता आयोजना गर्ने मौका पोखराले पाएको हो ।

राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशका विभिन्न ८ जिल्ला हरुमा संचालन हुनेछन जसमा कास्की, तनँहु, पर्वत, गोरखा, स्याङजा, नवलपुर, म्याग्दी र बाग्लुङका रहेको बताउनुभयो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: