Worldlink Communications

त्रिदेबि शक्तिपिठ परिक्रमा र आरती कार्यक्रमको समीक्षा गर्दै क्षेत्री समाज नेपाल पोखरा -१६

असोज २९, पोखरा

२०७९ को विजयदशमीको शुभ उपलक्ष्यमा १६ मा दसैंको पुर्वसन्ध्यामा गरियकाे चण्डिका मन्दिर,अम्बिका मन्दिर र  कालिका माताकाे मन्दिर परिक्रमा, कलस यात्रा र त्रिदेवि शक्ति पिठकाे आरति कार्यक्रमकाे समिक्षा सहित उक्त कार्यक्रम मा भएको आम्दानि खर्चकाे हिसावकाे जानकारि दिइएको थियो ।

क्षेत्री समाज नेपाल वडा नं १६ को आयोजनामा भएको सो कार्यक्रमको अध्यक्षता क्षेत्री समाज नेपालका अध्यक्ष सन्दिप थापाले गर्नुभएको थियो । अतिथि हरुमा बेनि बहादुर बस्नेत लगायतका ब्यक्तित्व हरु समुपस्थितिमा भएको सो कार्यक्रम संस्थाका सचिव गोविन्द बहादुर थापाले सन्चालन गर्नुभएको थियो । मन्दिर परिक्रमा, कलस यात्रा र त्रिदेवि शक्ति पिठकाे आरती  कार्यक्रम मा भएको आम्दानि खर्चकाे हरहिसावकाे संस्थाका कोषाध्यक्ष देव बहादुर थापाले प्रस्तुत गर्नुभएको थियो ।

क्षत्री समाज नेपाल पाेखरा १६ ले बिजयादशमिकाे अवसरमा गरियकाे चण्डिका, अम्बिका र कालिका माताकाे मन्दिर परिक्रमा, कलस यात्रा, शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम र पाेखरा १६ का शक्तिपिठ त्रिदेबि माताकाे आरति कार्यक्रमकाे बारेमा सबै बाट सकारात्मक समिक्षा भयकाे तथा उक्त कार्यक्रमहरुमा जम्मा भयकाे र गरियकाे खर्चकाे बिवरण सहितकाे आम्दानि खर्चकाे हिसावकिताव  पत्रकार सहित सबै को माझमा जानकारी गराउन पाउदा अत्यान्त खुसि भएको सस्थाका अध्यक्ष सन्दिप थापाले  बताउनुभयो।

कलस यात्रा र आरति कार्यक्रम सफल बनाउन भनि क्षत्री समाज नेपाल पाेखरा १६ कार्यसमिति सदस्य र सल्लाहकार सदस्य गरि ३७ जना बाट शक्ति पिठ र माताहरुकाे नाममा एक/एक हजार  प्रति ब्यक्ति उठाईयकाे र श्रद्दालु भक्तजनहरुबाट समेत गरि  रु १,३२,८६२ (एक लाख बत्तिस हजार आठसय बैसठि रुपैयाँ) उठेकाे र बिभिन्न शिर्षकहरुमा जम्मा रु ६५,५५५(पैंसठ्ठी हजार पाँच सय पचपन्न) खर्च गरि रु ६७,३०७ ( सतसठ्ठि हजार तिन सय सात रुपैया ) बचत भयकाे जानकारि गराइएको थियो।

साथै कलस यात्रा र आरति कार्यक्रमलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयाेग गर्नुहुने सम्पुर्ण समुदायका महानुभावहरुमा हार्दिक धन्यबाद ब्यक्त गर्दै आगामि दिनमा पनि सबैकाे साथकाे अपेक्षा गरिएको ाथ थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: