Worldlink Communications

पोखरामा गठबन्धन दलहरु निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गर्दै

कार्तिक ५,पोखरा

आगामी मंसिर ४ गते हुने आम निर्बाचन को लागि  गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर–२ (ख) अन्तर्गत पोखरा महानगरपालिका वडा नं ९ र १६ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरियको छ । शनिबार एक कार्यक्रमका बीच पोखरा ९ को महेन्द्रपुल र पोखरा १६ को मैदानमा उम्मेदवारसहित गठबन्धन दलका नेताहरुले संयुक्त रुपमा उद्घाटन गर्नुभयको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै कास्की क्षेत्र नम्बर–२ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले पोखरा ९ र १६ का समस्याका विषयमा आफु जानकार भएको र त्यसको समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाले  युवाहरुलाई स्वदेशमा नै बस्ने व्यवस्था मिलाउने गरी रोजगारीका कार्यक्रमहरु सिर्जना गरिने पनि बताउनु भयो ।

संबिधान र  र देसको को रक्षाका लागि गठबन्धनको आवश्यकता रहेको र गठबन्धनका साझा उम्मेदवारहरुलाई कुनै पनि फरक दृष्टिकोण नराखी विजय गराउन आग्रह गर्नुभयो  । म नेपाली काँग्रेसको पनि उम्मेदवार हुँ । नेकपा माओवादीको पनि उम्मेदवार हुँ । त्यसैले यहाँहरुले मत प्रदान गरी नीति निर्माण तहमा मलाई पुर्याउनुभयो भने तपाईको मतको कदर अवश्य गर्नेछु भन्नुभयो ।

त्यस्तै गरि प्रदेस सभा का अर्को उमेद्वार बिन्दु कुमार थापा ले  २०७४ सालको निर्वाचनमा पोखरा ९ र १६ का जनताको माया पाएर नै विजयी भएको उल्लेख गर्दै यसपाली पनि साथ रहने अपेक्षा गर्नुभयको थियो । पोखरा १६ मा शहरी क्षेत्र सँगै ग्रामीण भेग समेत भएकाले नेपाली काँग्रेस नेतृत्वको सरकारले नै त्यहाँका जनताको चाहनाबमोजिमको विकास निर्माणका कार्यलाई अग्रसरता दिएको उल्लेख गर्दै आगामी समय पनि पोखरा १६ का दुर्गम क्षेत्रलाई सुगम बनाउने र त्यहाँका पर्यटकीय सम्भावना बोकेको ठाउँलाई प्रचारप्रसार गर्ने गरी आफु लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

एकातर्फ पोखरा ९ व्यवसायिक ठाउँ हो । अर्को तर्फ पोखरा १६ व्यवसायिक सँगै पर्यटकीय हिसाबले पनि सम्भावना बोकेको ठाउँ हो । पोखरा ९ को बजार व्यवस्थापन देखि पोखरा १६ को कलासंस्कृतिको संरक्षणका लागि मेरो भूमिका महत्वपूर्ण रहनेछ  पहिलो कार्यकालमा पुरा गर्न नसकेका योजनाहरुलाई पुरा गर्ने ध्येयका साथ निर्वाचनमा होमिएको बताउनुभयको थियो  ।

पोखरा ९ मा नेपाली काँग्रेसका इकाई सभापति शिवराज बास्तोलाको सभापतित्व र पोखरा १६ मा इकाई उपसभापति गणेश बहादुर थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका नेता सोभियत बहादुर अधिकारी, नेपाली काँगे्रसबाट प्र्रतिनिधि सभा सदस्यकी समानुपातिक उम्मेदवार विन्दा देवी राना, प्रदेश सभा समानुपातिक उम्मेदवार लक्ष्मी पाण्डे, नेकपा एकीकृत माओवादीबाट प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार जुवेदा खातुन लगायत गठबन्धन दलका नेता तथा कार्यकर्ताको उपस्थिति मा कार्यक्रम समापन भयको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: