Worldlink Communications

नेकपा एमाले १६ ले गर्र्यो चियापान तथा सुभकामना आदानप्रदान कार्यक्रम

कार्तिक ५,पोखरा

पोखरा महानगरपालिका वार्ड न १६ ले आज मझेरी पार्टी प्यालेस मध्यमपथ मा यहि मसिर ४ गते हुन् गैरहेको प्रदेस सभा र प्रतिनिधि सभाको निर्बाचनको सन्दर्भमा र सुभदिपाबली छठ पर्ब तथा नेपाल सम्बत को अबसरमा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरामा नगरपालिका वडा नम्बर १६ नेकपा एमालेका अध्यक्ष राजेश गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रम का प्रमुख अतिथि कास्की जिल्ला इन्चार्ज कृष्ण थापाले गर्नुभएको थियो भने कार्यक्रम लाई भव्य र सभ्य बनाउनको लागि वडा नम्बर १६ नेकपा एमाले का उपसचिव एमनकाजी गुरुङले कार्यक्रम सञ्चलन गर्नुभएको थियो।

सुर्य मोहन आचार्यले स्वागतम मन्तब्य व्यक्त गर्नुभएको सो कार्यक्रम मा राष्ट्रियगान गाएर देशप्रतिकोमाया प्रकट गरिएको थियोभने सहिद हरूको सम्मानमा एक मिनेट मौन धारण गरेर सहिद हरु प्रति उच्च सम्मान गरिएको थियो ।

प्रमुख अथितिको रुपमा जिल्ला इन्चार्ज कृष्ण थापाले अबको मिसन भनेको नेकपा एमालेको बहुमतको सरकार बनाउने नै हो यसमा सबैले विगतलाई राम्रोसँग नियाल्दै आफ्नो इतिहास कायम राख्न सक्ने सफल योग्य उम्मेदवार पार्टीले चयन गरेको छ उहाँलाई जिताउने तपाईंहरूको महत्वपूर्ण भूमिका रहेको यस परिवेशमा अन्तिम लडाई तपाई जनताले जित्नै पर्छ भन्नुभयको थियो।

सोही कार्यक्रममा प्रदेश सभाको उम्मेदवारको रुपमा रहनुभएका मीना गुरुङले मंसिर ४ को महासंग्राम मा हाम्रो  जित सुनिश्चित छ तर सबै को अनुभव अझै मिठो बनेर एकै बनेर जान जरुरी छ भन्नुभयो। समाज सेवा विकास गरेर मात्र हुन्छ भन्ने कुरा राम्रोसँग बुझेको छु भन्दै निस्वार्थ भावले काम गर्नेछु भन्नुभयो ।

मंसिर ४ को महासंग्राम मा वडा नं १६ को महत्वपूर्ण भूमिका छ त्यो तपाईहरुले खेल्नु हुनेछ त्यो जिम्मेवारी वहन गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु भन्नुभयो । हामी एक भएर लाग्यो भने निर्वाचन जितिन्छ भन्नुभयो  विगतमा पनि पार्टी ले बिस्वास गरेर प्यो ससद बनाएको हुनाले काम गर्दागर्दै पुरा हुन नसकेका अधुरा कामहरुलाई अबको विजय पश्चात सबै कामहरु पुरा गरिने बताउनुभयको थियो।

नगर कमिटीका सचिव जीवन प्रसाद आचार्यले विगतको निर्वाचन बाट निर्वाचित जनप्रतिनिधिहरू र अहिलेको जनप्रतिनिधिहरु बीच के फरक पाउनुभयको छ छाती मा हात राखेर इमान्दार भएर भन्नुस सोच्नुस अनि मात्र भोट कस्लाई दिने निर्णय गर्नुस भन्नुभयो।  यो चुनाब यो निर्वाचन सत्य र असत्य बिचको चुनाव  हो यस मा तपाइँ हामि हार्नु भनेको देस हार्नु हो भन्नुभयको थियो।

त्यस्तैगरी जिल्ला सदस्य एवं २ को २ मा  नेकपा एमाले को उप संयोजक जानुका अधिकारीले आफ्नो मन्तव्य राख्दै महिला जाग्नुपर्छ महिला भनेको आमा हो आमा भनेको धर्ती हो जब धर्ती माता कस्सिएर लाग्नुहुन्छ घरघरमा आमाहरू पुग्नुहुन्छ  हाम्रो जित सुनिस्चित  हुन्छ हाम्रो पार्टी को विरासत कायम गर्न सक्छौं  जसरी पनि हामीले यो लडाई जित्नैपर्छ भन्नुभएको थियो।

पार्टी अध्यक्ष राजेश गुरुङ को अध्यक्षता १०१६ सदस्य चुनावि समिति गठन गरिएको र सम्पुर्ण सदस्य हरुको नाम बाचन गर्दै राजेश गुरुङ ले कार्यक्रम समापन गर्नुभएको थियो।

-प्रकाश अधिकारी

 

 

 

प्रतिक्रिया दिनुहोस्: