Worldlink Communications

पोखरा २१ र ३३ लाई “ग्रीन हिल सिटि”को रुपमा बिकास गरिन्छ -एमाले उम्मेदवार भिम कार्की 

कार्तिक १२, पोखरा

नेकपा एमाले कास्की निर्वाचन क्षेत्र न २ (१) का प्रत्यासी उम्मेदवार भिम दु कार्किले गण्डकी प्रदेशका तीन जिल्ला कास्की ,स्याङ्जा र तनहुँको संगमस्थलको रूपमा रहेका महानगरका दुई वडा पोखरा २१ र ३३ लाई महत्त्वपूर्ण केन्द्रको रूपमा बिकास गर्ने बताउनुभयो ।

बिगतमा शुरूवात भएका महत्वपूर्ण काम पूरा गर्ने र सो दुई वडाको एकीकृत बिकास मार्फत स्याङ्जा ,कास्की र तनहुँको महत्त्वपूर्ण सुबिधा सम्पन्न ग्रीन हिल सिटिको रूपमा बिकास गरिने भन्दै त्यसका लागि बहुमत सहितको प्रदेश र केन्द्र सरकार आबश्यक भएको बताउनुभएको थियो।

भिम कार्किले आफ्नो निर्बाचन क्षेत्र कास्किको दक्षिणी भागमा पर्ने पोखरा २१ र ३३ का जनता सङ्ग साक्षात्कार गर्ने क्रममा सो कुरा बताउनु भएको हो। कृषि र पर्यटनको प्रचुर बिकासको संभावना रहेको सो वडाहरूलाइ आत्मनिर्भर वडा बनाउने उनको प्रतिबद्धता पनि सोही कार्यक्रम मा जनाउनु भएको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: