Worldlink Communications

माओवादी का योजना छन पूरा गर्ने जिम्मेवारी दिनुस: बिश्व प्रकाश लामिछाने

कार्तिक १२,पोखरा

कास्की निर्वाचन क्षेत्र नं २ ‘क’ का सत्ता गठबन्धन बाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले कास्कीलाई समृद्ध बनाउने योजना आफूसित भएकोले जिम्मेवारी दिन आग्रह गर्नुभएको छ ।

विगत आफूले पाएका जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको उल्लेख गर्दै उनले विकास, निर्माणको अगुवाइ गर्न सक्ने र योजना कार्यान्वयन गर्ने स्थानमा पु-याउन सहयोग माग्नु भएको  थियो  गठबन्धनको प्रदेश सभा र प्रतिनिधि सभाका उम्मेदवारको सम्पर्क कार्यालय स्थापना गर्ने कार्यक्रममा उहाले भन्नुभएको थियो ।

सोही कार्यक्रम मा गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं २ मा उम्मदेवारी दिनु भएका एकिकृत समाजवादीका श्रीनाथ बरालले जितेपछि सधै मतदाताको शिर उच्च राख्ने गरी काम गर्ने बाचा गर्नु भएको थियो । पोखरा २१ को खानेपानीको समस्या समाधान गर्ने र टोल टोलमा विकासको योजना ल्याउने उनले प्रतिवद्धता पनि जनाउनु भएको थियो।

एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङ्ले गठबन्धनका उम्मेदवारले जनताको भावना बुझेर काम गर्ने बताउनु भएको थियो भने काँग्रेस कास्की २ कका सभापति दिनेश आचार्यले देशमा बौद्धिक पलायनको समस्या रहेको भन्दै शिक्षामा उचित योजनाको खाँचो रहेको बताउनु भएको थियो ।

नेपाली काँग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार वृन्दा रानाले मुलुकका समस्यालाइ बुझेर अवस्था अनुसार गठबन्धनले काम गर्ने बताइन् । माओवादी केन्द्रका कास्की इन्चार्ज राजकाजी गुरुङ करणले विगतमा गठबन्धन ले राम्रो काम गरेकोले त्यसैलाई  हेरेर विश्वप्रकाशलाई जिताउनुपर्ने बताउनु भएको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: