Worldlink Communications

जनताको मतको कदर गर्नेछु -विन्दु कुमार थापा

कात्तिक १३,पोखरा

कास्की क्षेत्र नं.२ (ख) बाट प्रदेश सभा सदस्यका रुपमा उम्मेदवारी दिएका विन्दु कुमार थापाले जनताको मतको कदर
गर्न आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

गण्डकी प्रदेश सरकारका बाहलवाला कानून,संचार तथा प्रदेश सभा मामिलामन्त्री समेत रहनुभयका थापाले अबको आफ्नो बाटो भनेकै विकास र समृद्धिको भएको बताउनु भयको थियो। तपाईहरुको मतको कदर  र्गदै आयको र  गर्दै जाने प्रतिबद्दता जाहेर गर्नु भयको बिन्दुकुमार थापाले अब पनि तपाई हरुको मत  खेर जान दिनेछैन भन्नुभयो।

२०७४ सालको निर्वाचनमा जसरी यहाँहरुले विश्वास गर्नुभयो आशा छ यसपाली पनि त्ययसै गरि यहाँहरुको माया पाउनेछु गएको ५ वर्ष नीति निर्माण गरियो अब विकास र समृद्धि तर्फ प्रदेशलाई अगाडि बढाउने हो भन्नुभयो। थापाले पोखरा ८ आफ्नै वडा पनि भएकाले यहाँका हरेक
समस्यासँग आफु जानकार रहेको यहाँ को विकासलाइ समृद्धिसँग जोड्ने विषयमा अब को दिनमा आफ्नो ध्यान केन्द्रित हुने भनाई राख्नु भयको थियो  ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: