Worldlink Communications

श्री कालिका मन्दिर तथा कोतमामलियत समितिको १५औ साधारणसभा तथा ५ औ अधिबेसन सम्पन्न

कार्तिक १२ ,पोखरा

पोखरा महानगरपालिका वडा नम्बर १६ मा रहेको कालिका मन्दिर तथा कोतमामलियत व्यवस्थापन समितिको पाँचौं अधिवेशन तथा १५ औं साधारणसभा कार्यक्रम सम्पन्न भएको छ।

वडा अध्यक्ष अमृत तिमिल्सिनाको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रमको अध्यक्षता सस्था का उपाध्यक्ष दुर्गा के सि थापाले गर्नुभएको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव नारायणप्रसाद देवकोटाले गर्नुभएको थियो।

कार्यक्रममा उपस्थित ब्यक्तित्व हरु लाइ स्वागतार्थ स्वागत मन्तव्य सस्थाका सहसचिब कुलबहादुर खत्रीले गर्नुभएको थियो। कोषाध्यक्ष बलराम भट्टराईले आर्थिक प्रतिवेदन र सचिवले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

दुर्गा के सि थापाको अध्यक्षतामा ११ सदस्यिय समिति गठन भएको छ।सचिवालयको भवन कालिका मन्दिरको परिसर आफ्नै भवनमा कार्यक्रम गणपुरक समिति सदस्यहरु को समउप्स्थिति मा सम्पन्न भएको थियो।

प्राचिन इतिहास अनुसार कुल मण्डल शाह राजा को पालादेखी नै यहाँ पूजा गर्ने बलि चढाउने र  बसोबास गर्ने जस्ता कार्यगर्दै आएका केहि  प्रमाणहरु  यहाँ देख्न् सकिन्छ भन्नुहुन्छ यहाका बासिन्दा । कुलमण्डल शाहको पालादेखि नै यहाँ पूजा हुँदै आएकोले  गर्दानै  यश कालिका मन्दिर को आफ्नै इतिहास र आफ्नो पहिचान भएको जानकारहरु बताउँछन्।

-प्रकाश अधिकारी

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्: