Worldlink Communications

प्रमुख काम भनेको नै सडक बनाउने- घान्द्रुक बासीको माग

कार्तिक १३,पोखरा

पाँच दलीय गठबन्धनका साझा उमेदवार रामजी प्रसाद बराल जीवन र प्रकाश बराल समक्ष कास्कीको पर्यटकीय गाँउ घान्द्रुकका स्थानिय बासीले सडक निर्माणमा बिषेश जोड दिन माग गरेका छन्। जनतासंगको भेटघाट कार्यक्रममा आइतबार घान्द्रुक पुगेका उमेदवारहरु समक्ष स्थानियले घान्द्रुकको विकासको पहिलो प्रथामिकता सडक बाटो भएकोले त्यसलाई बिषेश ध्यान दिन आग्रह गरेका हुन्।

घान्द्रुकको घरदैलो कार्यक्रमको क्रममा गुरुङ समुदायको परम्परागत काजदेभ पूजामा समेत सहभागि हुन पुगेका गठबन्धनका उमेदवार हरुलाई स्थानियले आर्शिरबाद प्रदान गरी देश र जनाताको पक्षमा काम गर्न उमेदवारलार्ई आग्रह गरे । गठबन्धनका उमेदवारहरुले चुनाव जित्ने निश्चित भएको दाबी गर्दै उनीहरुले निर्वाचित भए पश्चात पनि जनताको घर दैलोमा निरन्तर रुपमा आउन स्थानियले आग्रह समेत गरे ।

उमेदवार हरुले सोमबार अन्नपूर्ण गाउँपालिकाको घाँन्द्रुक, झिनु, छोम्रुङ्ग लगायतको क्षेत्रमा घरदैलो कार्यक्रम गरिरहदा स्थानियले फुल मालाले स्वागत गर्दै गठबन्धनलाई जिताउने जनाए । स्वास्थ्यको समेत समस्या भएकोले त्यसलाई गठबन्धनका उमेदवारहरुले सम्बोधन गर्नुपर्ने माग गरे ।उमेदवारहरुले आफुहरु निर्वाचित भएमा निर्वाचनका बेला जनतासंग खाएको कसम पुरा गर्ने बताए ।

गठबन्धनका साझा उमेदवार रामजी प्रसाद बराल जीवन गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री  हुन । गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र ३(२) का प्रत्यासी प्रदेश सभा सदस्य प्रकाश बराल जिल्ला खेलकुद विकास समिति कास्कीका निवर्तमान कार्यालय प्रमुख हुन्।कृषि, पर्यटन, जलबिद्युत, उद्योग, भौतिक पूर्वाधार, मानव संशाधन र सुशासन मुल समृद्धिका आधार संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनका व्यक्तिहरुले उमेदवारी दिएको चुनाव प्रचार समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: