Worldlink Communications

समृद्धि को जग हामीले नै निर्माण गरेको हुनाले समृद्धि पनि हाम्रै नेतृत्वले गर्छ : मीना गुरुङ

कास्की जिल्लामा तीनवटा सघिय क्षेत्र र छ वटा प्रदेश क्षेत्र छन जसको  २ (२) मा पोखरा महानगर पालिका को वडा नं. ४, ८, ९, ११, १६ र २० पर्छन् । गएको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार राजकाजी गुरुङ (करण)लाई हराउदै नेपाली काग्रेसका  विन्दुकुमार थापा निर्वाचित हुनु भयको थियो । अहिले बिन्गदुकुमार थापा गण्डकी प्रदेशका कानुन मन्त्री  हुनुहुन्छ उहा  फेरिपनि कास्की को प्रदेस बाट उमेद्वार हुनुहुन्छ  भने  एमाले  को तर्फ बाट ससक्त महिला उम्मेदवार मिना गुरुङहुनुहुन्छ।त्यसो त मिना गुरुङ गण्डकी प्रदेशको  निवर्तमान सांसद पनि हुनुहुन्छ । यहि बिसय संग सम्बन्धित रहेर चुनाबको कसरी अगाडी बढाउदै हुनुहुन्छ भन्दै एमाले उम्मेदवार गुरुङसँग गरिएको कुराकानीको सारसंक्षेपः

कास्की २ (२)बाट उम्मेदवार हुनुहुन्छतपाइको जित लाइ सुनिस्चित  बनाउन तपाईले कस्ताकस्ता योजना बनाउनु भएको छ ?

गएको कार्यकालमा समानुपातिकबाट सांसद हुँदा जनताको रोजीरोटीसँग जोडिने केही काम मैले गरेँ । विकास, योजनाका लागि पहल गरेँ ।अझै केही काम अपूर्ण छन्, केही कामलाई अझ प्रभावकारी रुपमा गर्नुपर्ने मैले महसुस गरेर  यसपालि प्रत्यक्षमा जनताबाट अनुमोदित भएर ती अधुराकाम पूरा गर्छु भन्ने मेरो पहिलो योजना छ ।

अर्काे कुरा महिला सधै समानुपातिकमा मात्रै रहनुहुँदैन । महिलाहरु योग्यताछन् क्षमतावान छन्  आफुसंग  भयको क्षमता  बढाउँदै समानताका लागि अघि बढ्नुपर्छ । हामी पनि पुरुषसरह जिम्मेवारी बहन गर्न सक्छौं, समाजका लागि, देशका लागि समाजका लागि । यो कुरा प्रमाणित गर्न पनि मैले प्रत्यक्षमा उम्मेदवारी दिन चाहे पार्टीले मलाई अघि सार्यो । अहिले म जनताका माग सुन्दै छु, शुभेच्छा लिँदै छु । चुनाव जितको नजिक को यात्रा तयगर्दैछु ।

एमालेभित्रै गण्डकी प्रदेशमा देखिएका दुई गुट छन् । तपाईको उम्मेदवारीचाहिँ कसरी सम्भव भयो ?

हाम्रो पार्टीमा गुट, उपगुट छन् भनेर धेरै हल्ला मच्याइएको छ । मेरो नजरमा एमालेमा गुट छैनन्, वैचारिक सम्बन्धका केही समूह होलान् । एउटा जीवन्त र विशाल पार्टीमा दशौं लाख कार्यकर्ता हुन्छन् । हजारौं नेता हुन्छन् । उनीहरुका आकांक्षा, सपना, कार्यशैली फरक हुन्छन् । हाम्रो पार्टीमा विभिन्न अरु स्कुलिङबाट आएका नेता, कार्यकर्ता छन्, विभिन्न क्षेत्र, जाति, समूहका मानिसहरु  हुनुहुन्छ  तर  पार्टीको उद्देश्य, घोषणापत्र, भावी योजना र कार्यान्वयनमा हामी एक छौं । कतै समस्या छैन । हाम्रो एकताको सामना गर्न अरु सबैजसो दल गठबन्धन बनाएर आउनुपरेको छ । हो टिकट वितरणअघि हामीबीच प्रतिश्पर्धा थियो, तर पार्टीले निर्णय गरिसकेपछि हामी सबै एक छौं । मसँगसँगै टिकटको आकांक्षा राख्नुभएका साथीहरु, मेरो क्षेत्रका नेता, कार्यकर्तालाई तपाईहरुले चुनावी अभियानमा मसँगसँगै देख्न पाउनुहुन्छ । यहाँहरु आफ्नो पार्टीलाई जिताउन लाग्नुहुन्छ । एमालेको शक्ति भनेकै यही हो, आन्तरिक प्रतिश्पर्धा पनि हुन्छ, एकमत भएर पार्टीलाई, आफ्ना उम्मेदवारलाई जिताउन पनि हामी परिचालित हुन्छौं ।

बहालवाला मन्त्री, स्थापित व्यवसायी, अघिल्लो पटक वाम गठबन्धन हुँदा पनि विजयी बनेका व्यक्तित्वसँग तपाईको मुख्य प्रतिश्पर्धा छ।भानिद्नुस न तपाईका जित्ने आधार के छन् ?

अघिल्लो कार्यकालमा म नेकपा एमाले बाट समानुपातिक बाट प्रदेस ससद भयको हो भने बिन्दु थापा नेपाली काग्रेसको  प्रत्यक्ष बाट सांसद बन्नु भयको हो । दुवैको पद समान हो, जिम्मेवारी समान हो । सरकार बनाउने कुरामा उहाँ कार्यकारी भूमिकामा पुग्नु भयो । हामीले प्रतिपक्षको रुपमा खबरदारी गर्दै जनपक्षीय कामका लागि आवाज उठायौं ।

एउटा महिलाले सधै इमान्दारितापूर्वक, नमुना बनेर काम गर्न सक्छिन् भन्ने देखिने गरी मैले भूमिका निर्वाह गरेको छु । एक्काइसौं शताब्दी, संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि महिलालाई समान अवसर दिइएन भने न सुशासन कायम हुन्छ, न हामीले खोजेजस्तो राम्रो  समाज र समृद्धि नै सम्भव हुन्छ । मैले जितनै पर्ने  केही कारण छन् । पहिलो मेरो पार्टीले लिएको एजेन्डा हो । एमालेको स्वाभिमानको एजेन्डा, हाम्रो सरकार हुँदा भएका विकास, निर्माणका कामले पनि जनताले हामीलाई मत दिनुहुन्छ ।

म रत्ति घमण्ड गर्दिनँ, घमन्डले मान्छेलाई खुम्च्याउँछ । मैले प्रदेशसभा सदस्य हुँदा पाएका सेवा, सुविधा समाजकै लागि खर्च गरेँ । अझ त्यसमा थप व्यक्तिगत तर्फबाट पनि योगदान गरेकी छु । भलै मैले मेरा अहिलेका प्रतिश्पर्धी माननीयको जस्तो  विज्ञापन र प्रचार गरिन तर मैले मन्त्रि नबनेरै पनि मन्त्रि को भन्दा धेरै काम गरेको छु । समाजमा गरिएको सहयोग मानिसको कल्याण र विकासका लागी  हो, त्यसको जस  मेरो व्यक्तित्व निर्माणका लागि होइन यो त मेरो पार्टीप्रतिको सम्मान हो गौरब हो । प्रदेशसभा सदस्य बन्नु अघि पनि मैले समाजिक क्षेत्रका काम गरेको थिएँ । मजदूर क्षेत्रमा काम गरेँ । श्रमजीवीको उत्थानका क्षेत्रमा सक्रिय बने । मानिसलाई सीप सिकाएर आत्मनिर्भर बनाउन भूमिका खेलेँ यो सब मेरो इमान र पार्टी प्रतिको अनुसासित लाइन ले नै सम्भब भयको हो ।

अहिले दलहरुले देशैभर बाट करिब ९ प्रतिशतमात्र महिलालाई प्रत्यक्षमा टिकट दिएका छन् । म घरपरिवार चलाएर, व्यवसाय सञ्चालन गरेर, सामाजिक काम गर्दै यहाँसम्म आएकी एउटी क्रियाशील महिला लाई मेरो क्षेत्रका आदरणीय इमान्दार समझदार र  विवेकशील मतदाता आमा बुवा दिदि बहिनि दाजु भाइ सबै ले न्याय गर्नुहुनेछ भन्ने पूर्ण बिस्वास लिएको छु । कास्कीका मतदाता विशिष्ट प्रकारका हुनुहुन्छ । गएको  चुनाव मा कास्कि जिल्ला मा  एमालेको वर्चश्व थियो । पहिलो संविधानसभामा ३ क्षेत्र माओवादी केन्द्रले जितेको थियो । कुनै बेला सबै क्षेत्र कांग्रेसले पनि जितेको थियो । कास्की सधै कसैको पकड एरिया बनेको छैन । एजेन्डा, उम्मेदवार, पार्टी र भविष्यको कार्यभार हेरेर जनतालाई उचित निर्णय हुनुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु । हाम्रो विचारकै कारण यत्रो गठबन्धन बन्दा पनि देशैभर हाम्रो माहोल छ । चाहे हामी सरकारमा हौ, चाहे प्रतिपक्षमा, हामीले उठाएको एजेन्डा नै देशको एजेन्डा बनेको छ । एमालेमा प्रवेश गर्नेहरुको भीड छ । नेपाल हाम्रो एजेन्डामा अघि बढ्ने अनि एमालेले हार्ने त्यस्तो होला र ? पक्कै हुने छैन । बेला बेलामा बरु हामी नेताहरु बहकिएको देखिन्छ तर जनताले उचित निर्णय गरेको देखिन्छ ।

एमाले देशकै ठूलो पार्टीहो र तपाई निवर्तमान सांसद पनि हो दोहोरिनुको साटो नयाँलाई मौका दिएको भए अझ उचित हुन्थ्यो कि ?

हेर्नुस्, मैले गएको कार्यकालमा सत्ता पक्ष र प्रतिपक्ष दुवैको अनुभव गरेँ ।प्रदेशका लागि आवश्यक कानुन बनाउन, संरचना, संयन्त्र बनाउन भूमिका खेलेँ । प्रदेशको जग बनाउने कुरा, त्यही जगमा समृद्धिको खाका कोर्ने कुरा प्रयोग गर्ने कुरामात्र होइन । यसमा नयाँ र समावेशी नेतृत्व पनि आवश्य चाहिन्छ तर अनुभवी, प्रौढ, धैर्यवान् नेता पनि जरुरी हुन्छ । मैले गएको कार्यकालमा लिएको अनुभव, ममा रहेको ऊर्जा, ज्ञान देशका लागि खर्चिन चाहेकी हुँ । म सधै आफैं हुनुपर्छ भन्ने पक्षमा छैन ।नयाँ पुस्ताले  पनि मौका पाउनुपर्छ । अर्काे कार्यकालमा म फेरि उम्मेदवार बन्दिनँ । पार्टीले बनाएका उम्मेदवारलाई जिताउन, पार्टीलाई जिताउन अग्रमोर्चामा परिचालित हुन्छु । मेरा नेता, कार्यकर्ता, शुभेच्छुकलाई थाहा छ, मिना गुरुङले कहिल्यै पनि मलाई यो पद नभई हुँदैन भनेर दाबी गरेकी छैन । म त भन्छु, देशका सबैभन्दा दिग्गज मानिसहरु राजनीतिमा आउनुपर्छ । राज्य, राज्यकै नीति बनाउने ठाउँ नसुध्रिई, व्यवस्था बलियो हुँदैन, हाम्रा सपना सार्थक हुँदैनन् ।

तपाई निवर्तमान सांसद हो सांसदको भूमिकामा गर्न बाँकी कुनै काम केही छन् र, तपाईलाई दोहोरिनुपर्ने आवश्यकता के  आइपर्र्यो  ?

पाँच वर्षमा हामीले प्रदेशको राजधानी तोक्यौं, ऐनहरु बनायौं । प्रदेशका संरचना, कार्यालयहरु खोल्न भूमिका निर्वाह गर्र्यौ  । अप्रत्यासित रुपमा कोभिड महामारी आयो । महामारीको सामनाका लागि हामीले प्रदेशमा  ल्याब खोल्यौं, कोभिड अस्पताल बनायौं । गण्डकी विश्वविद्यालय स्थापना भयो । गएको कार्यकालमा हामीले धेरै नै ऐन कानुन  बनायौं, पूर्वाधारहरु बनायौं, अब कार्यान्वयन गर्ने, प्रदेशको समृद्धि गर्ने, परिणाम देखिने बेला हो । जसले पूर्वाधार बनाएको हो, उसैलाई थप काम गर्न सजिलो बनाउन को लागि पनि हामीलाई जनताले अबस्य जितानुहुनेछ । हामीले ठुलो  योगदान गरेर बनाएको  प्रदेश सरकारलाई दरिलो, नमुना र प्रभावकारी बनाउन जरुरी छ । अब प्रहरी ऐन बनाउनु छ, कर्मचारी ऐन बनाउनु छ । आम्दानीका नयाँ स्रोत खोज्नु छ । स्थानीय सरकार र संघ सरकारबीच समन्वय गर्न पनि हामीले भूमिका निर्वाह गर्नैपर्छ । प्रदेश सरकार रहेको र त्यो सरकार प्रदेशबासीको हित, उत्थान, विकास र समृद्धिका लागि क्रियाशील रहेको आभास दिलाउन म मेरो अनुभव, ऊर्जा, सीप, भूमिका, समय लगाउनु भन्ने अठोट गरी म जनतामाझ आएको  हुँ ।

तपाईको निर्वाचन क्षेत्र कास्की २ (२)मा कस्ता समस्या छन्, यहाँका सम्भावनाका चाहिँ के के हुन् भनी सोच्नु भएको छ ?

मेरो निर्वाचन क्षेत्रमा पोखरा महानगरका ६ वटा वडा पर्छन् ।३ वटा वडा महानगरका पुराना क्षेत्र हुन् भने बाँकी ३ वडा महानगरमा पछि थपिएका हुन् । यहाँ केही साझा समस्या छन् भने केही ठाउँ पिच्छे फरक फरक समस्या छन् । महानगरका पुराना वडा ४, ८, ९ मा पूर्वाधार धेरै काम भएका छन् । आधुनिक महानगरका लागि आवश्यक संरचना बनाउनु जरुरी छ । बिजुलीका तार अन्डरग्राउन्ड गर्ने, ढलको राम्रो व्यवस्थापन गर्ने, पार्किङको उचित प्रबन्ध मिलाउन जरुरी छ । सेती नदीलाई संरक्षण र सौन्दर्यकरण गर्दै यसलाई पर्यटनकीय आकर्षणको रुपमा विकास गर्न जरुरी छ । ग्रामीण खालका ३ वडाका बासिन्दालाई साच्चिकै महानगरबासी भएको आभास दिलाउनुपर्ने चुनौती छ ।ती क्षेत्रमा राम्रो सडक निर्माण गर्न, चक्ल्याउन जरुरी छ । काहुँ लगायतका क्षेत्रमा खानेपानीकै समस्या छ । उपत्यकाबाट नजिकै रहेर पनि छायाँमा परेका काहूँ, भलाम, लामाचौर, बाटुलेचौरलाई प्रवद्र्धन गर्न जरुरी छ । पोखराका ग्रामीण क्षेत्रमा पनि पर्यटकीय सम्भावनाको खोजी, पूर्वाधार निर्माण र प्रवद्र्धन नगरी यो क्षेत्रको समृद्धि सम्भव छैन भन्ने बिसय मैले राम्रो बुझेको छु  ।

कतिपय समस्या हेर्दा सानातिना लाग्छन् तरती समस्या नसुल्झाई जनजीविका सहज बन्दैन ।साँझपर्न लागेपछि ग्रामीण क्षेत्रतिर जाने सार्वजनिक सवारी पाइँदैन । सडकमा बत्तिको व्यवस्था छैन । पुरानो पोखरा उपत्यकाभित्र चल्ने गाडीले मात्र विद्यार्थीलाई सहुलियत दिएका छन् । पोखराकै ग्रामीण क्षेत्रमा चल्ने सवारीमा विद्यार्थी सहुलियतपाएका छैनन्  । त्यसका लागि प्रभावकारी कदम चाल्नुछ । कास्कीका उज्ज्वल नक्षत्र रवीन्द्र अधिकारीको सार्वजनिक यातायातमा सहुलियतका लागि ठूलो योगदान थियो । अहिले विद्या भट्टराई, उहाँकी जीवनसाथी कास्की २ मा हाम्रै पार्टीबाट उम्मेदवार हुनुहुन्छ ।

मानवीय विकासका लागि गर्नुपर्ने काम पनि छन् । दिनहुँ विदेश जाने  युवाको लस्करलाई कम गर्दै जानु हाम्रो चुनौती हो।देसमै  सीप सिकाएर स्वरोजगार बढाउनको लागि  हामीले  महत्वपूर्ण र जिम्मेवारीपूर्ण भूमिका पुरा गर्नुपर्ने चुनौती हाम्रो सामू  टड्कारो बनेको छ । बाध्यताबस विदेशै जानुपरे पनि सीप सिकेर गए सहज काम पाउने अवस्था बन्छ । अदक्ष कामदारको रुपमा विदेश गएर कष्टकर काम गर्नुपरेको देखिन्छ । हाम्रा गाउँघर रित्तै हुने, बारी बाँझै हुने, हाम्रा युवाहरु  अर्काको मरुभूमि बगैचा बनाउने, सिसामहल बनाउने यो बिडम्बनाको  अन्त्य नगरी देशको कायाकल्प हुँदैन,समृद्धि सम्भव छैन भन्ने यावत बिसयमा म राम्रो संग परिचित छु ।

सांसदको मुख्य काम कानुन निर्माण हो । गण्डकी सरकारलाई कस्तो बनाउने तपाईको योजना छ ?

गण्डकीको भूगोल, आवश्यकता र हाम्रो भावी पुस्ताको अपेक्षा अनुरुपका योजना र कार्यान्वयन अब जरुरी छ ।प्रदेश सरकारको तीखो आलोचना पनि सुनिन्छ । तर तपाई प्रदेशहरुलाई हटाइदिनुस्, संघीयता पूर्ण हुँदैन । दशौं हजारको बलिदानी र लाखौं नेपालको पसिना, त्यागबाट आएको हो संघीयता । शिशु अवस्थामै यसको घाँटी अँचेटी हाल्ने, यो त मानवता भएन नि ? न्यायोचित देखिएन नि ?

स्थानीय सरकार पहिले नै थिए, संघ सरकार पनि थियो । बनाउने, स्थापित नहुँदै उखेलेर फाल्ने कुचेस्टा कसैले नि गर्नुहुँदैन । हाम्रो प्रदेशका केही कमजोरी छन्, ती कमजोरी हटाउने जिम्मेवारी पनि हाम्रै हो । संसारमा कुनै व्यवस्था पनि निरपेक्ष रुपमा कामयावी छैनन् । अहिले पाँच दलीय गठबन्धनसँग हामी एक्लै लड्दै छौं अनि हामी जित्दै पनि छौं । चुनावपछि उहाँहरु पाँचतिर फर्कनुहुन्छ । हाम्रो विचार, संगठन, कार्यदीशा र कार्यान्वयनको प्रणालीसँग प्रतिश्पर्धा गर्न नसकेर उहाँहरुले मोर्चाबन्दी गर्नु परेको हो । यो जनताको भलाईका लागि होइन कि आफूले पद पाउन गरिएको गठबन्धन हो । त्यो बलियो घेरा तोडेर नेकपा एमालेले प्रदेश र संघ सरकार बनाउँछ र समृद्ध नेपाल र सुखी नेपालीको हाम्रो सपना पूरा गर्छ ।

अन्तमा तपाइँ आफ्ना मतदातलाई केहि भन्न चाहनुहुन्छ ?

मेरो क्षेत्रका मतदाताले  मेरो काम र हामरो पार्टी को  एजेन्डाअनि  मेरो भूमिकासँग राम्रो  परिचित हुनुहुन्छ भन्ने पूर्ण  विश्वास लिएको छु । लामो समयदेखि समाजसेवा, मजदूर, महिलाको क्षेत्रमा सक्रिय भएँर काम गरेको छु  । गएको कार्यकालमा सांसद बनेर भूमिका निर्वाह गरे । अब प्रदेशको समृद्धिको खाका तयार गर्न तपाईहरुको प्रतिनिधि हुन चाहेकी छु तपाईहरुले  तपाइँहरुकै सेवा गर्ने  एक पटक मौका दिनुस तपाईको यो चेलीले तपाईहरुको नै सेवा गरेर पाच बर्स बिताउने प्रतिबद्दता सहित तपाइहरुले दिएको अमुल्यमत को काहिल्यै सिर झुकाउन दिनेछैन  । मंसिर ४ गते यहाँहरुबाट विवेकसम्मत निर्णयको अपेक्षा गर्दछु ।

[निबर्तमान समानुपातिक ससद तथा अहिले एमालेको कास्की २/२को उमेद्ववार मिना गुरुङ

प्रतिक्रिया दिनुहोस्: