Worldlink Communications

बिकास र समृद्धिका लागि एमालेलाई भोट : खगराज अधिकारी 

कार्तिक २५ पोखरा

नेकपा (एमाले) को तर्फबाट कास्की क्षेत्र नम्बर १ (१) का उम्मेदवार खगराज अधिकारीले देशको बिकास र समृद्धिकालागि नेकपा एमाले लाई मतदान गरेर एमाले को सरकार बनाउन आवश्यक रहेको बताउनुभयो ।

पोखरा महानगरपालिका-२६ मा चुनावी प्रचार अभियानको क्रममा बोल्दै  खगराज अधिकारीले नेकपा एमाले नेतृत्वको सरकारका बेला भएका बिकास निर्माणका कामले त्यसलाई पुष्टि गरेको बताउनुभयो।

प्रतिनिधि सभा सदस्यका रुपमा रहदा जनताको आवश्यकताको आधारमा काम गरेको उल्लेख गर्दै बाकी कामलाई पूरा गर्न आफुले आगामी दिनमा भुमिका खेल्ने प्रतिवद्वता उनले ब्यक्त गर्नुभयो।

आफु केन्द्रमा हुँदा पनि मैले यहाँहरुकै आवश्यकताका आधारमा बिकास निर्माणका काममा सहकार्य गरेको थिए अब प्रदेशमा अझ नजिक भएर काम गर्ने अवसर मिलेको छ हामी कास्की क्षेत्र १ मा मात्रै होइन समग्र गण्डकी प्रदेशलाई बिकासमा अब्बल बनाउने छौं’, भन्नु भयो।

पुर्ववत: एमाले सरकारले गरेका कामको जगमा रहेर आफ्ना योजना अगाडी बढाउने उनको भनाई थियो ।कृषकले उत्पादन गरेका बस्तुलाई बजारीकरण गर्नका लागि सरकारले आवश्यक ब्यबस्था गर्ने अधिकारी बताउनुभयो ।

बजार हुँदा हुँदै पनि उत्पादित बस्तुहरुको बितरण र बजारीकरण हुन नसकेको बताउदै त्यो अवस्था अब आउन नदिने बताउनुभयो।चुनाव प्रचारप्रसार का क्रममा उहाले जनताको गुनासो सुन्ने र कर्मस आबस्यक सम्बोधन गर्दै आइरहेको बताउनुभयो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: