Worldlink Communications

जनताको विश्वासलाई कहिल्यै घात गर्ने छैन’– मनबहादुर गुरूङ

कार्तिक २५,पोखरा ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनबहादुर गुरूङले जनता र पार्टीले गरेको अपार माया र  जनताको विश्वासलाई कहिल्यै घात नगर्ने  बताउनुभयो ।

चुनाव केन्द्रित घरदैलो कार्यक्रम अन्तर्गत मादी गाउँपालिका वडा नम्वर १२ का मतदातासँग उनले विगतमा आफ्नो पार्टीले गरेका कार्यहरु प्रस्तुत गर्दै अबको ५ बर्ष जनताको शिर अझै उचो हुने गरि काम गर्ने प्रतिवद्धता गर्नु भयको थियो ।

नेकपा एमाले कास्की जिल्ला अध्यक्ष समेत रहनु भयका मान बहादुर  गुरूङले एमाले नेतृत्वको सरकारका पालामा  भुमिहिन तथा अव्यवस्थित बसोबास गर्ने जनताको पक्षमा काम गर्दा गर्दै वर्तमान सरकारले हटाएको बताउँदै अब बन्ने एमालेको सरकारले भुमिहीनलाई जग्गाको मालिक बनाउने गरी काम गर्ने हुँदा सोको लागि बहुमत सहितको एमालेको सरकार निर्माण गर्न को लागि सुर्य चिन्हमा मतदान गर्न सबैलाई अनुरोध गर्नुभयको थियो।

कर्यक्रम को अन्तमा नेकपा एमाले  सधै राष्ट्रहित र समृद्धिका लागि अहोरात्र खटेको भन्दै उनले अबको ५ बर्ष खेर नजाने गरि आफू जनताको काममा लागिरहने स्पष्ट पार्नु  भयको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: