Worldlink Communications

समृद्धिको अभियानमा जुट्ने प्रतिबद्दता-बेद बहादुर गुरुङ

कात्तिक २५ , पोखरा  ।

निर्वाचन नजिकिदै गर्दा विभिन्न राजनैतिक पार्टीका उम्मेदवारहरु प्रचारप्रसारमा जुटिरहेका छन  चुनावी माहोलले अहिले बजार  निकै तातेको छ । यस्तै कास्की क्षेत्र नं  १ (ख) बाट नेकपा एमालेबाट प्रदेशसभा सदस्यका उम्मेद्वार वेद वहादुर गुरुङ ‘श्याम’ पनि यतिबेला मतदातासँगको भेटघाटमा व्यस्त हुनुहुन्छ । कास्की क्षेत्र नं १ (ख) अन्तर्गतका विभिन्न वडाहरुमा एमालेका पक्षमा मत मागिरहेका छन् । उहाले शुक्रबार पोखरा १२ र १३ का विभिन्न टोलहरुमा पुगेर मतदाता लाइ भेट्नु भयको छ   ।

घरदैलो कार्यक्रममा गुरुङले नीति निर्माणसँगै समृद्धिको अभियानमा जुट्ने प्रतिबद्दता व्यक्त गर्नु भयो । देशलाई समृद्ध बनाउने र उक्त समृद्धिका आधारमा जनतालाई सुखी बनाउने तर्फ आफु जहिले पनि अग्र मोर्छा मा रहेको बताउनु भयो   । मतदाता भेटघाटको क्रममा बोल्दै उहाले कृषिलाई  व्यावसायीकरण र आधुनिकरण गरि उत्पादन वृद्धि  र त्यसको सहि बजारीकरण गर्ने, स्थानिय बजारको व्यवस्थापन गरि स्थानिय पुंजीको विकास गर्दै उच्च गतिमा आर्थिक विकास मार्फत समृद्द नेपाल र सुखी नेपाली बनाउने त्यस्तैगरि  स्वदेशमै  रोजगारी सृजना गर्ने वातावरण निर्माण गर्नको लागि आफ्नो उम्मेद्वारी भहेको गुरुङले बताउनु भयो ।

‘व्यवस्था बदल्यौं अब देशको अवस्था फेर्न सुर्य चिन्हमा मतदान गर्नु होला। तपाईको भोट खेर जाने छैन । ‘ गुरुङले अबको हाम्रो संघर्ष अनि लक्ष्य भनेको सुशासन, समृद्धि र विकास हो । यसमा तपाईहरुको साथको  खाँचो छ । मलाई एकपटक चुनेर पठाउनुस यस  निर्वाचन क्षेत्रका हरेक समस्या मलाइ अवगत रहेको बताउँदै निर्वाचित भएपछि कुनै पनि विकास निर्माणका काममा ढिलाइ नगर्ने आफु मालिक नभई जनताको सेवक भएर काम गर्ने बताउनु भयो  ।

त्यस्तै सडक संजाल विकासको पूर्वाधार रहेकोले सडकहरुको स्तरोन्नती जोड दिने ‘मादी गाउँपालिकाको केन्द्र याङजाकोट जोड्नेबाटो, पोखरा देखि सिक्लेस, मिजुरे, ताङतिङ, लिप्यानी, भाचोक, वार्चोक, माझठाना, अर्बा र विजयपुर  जोड्ने सडकलाई पिच बनाउने  देखि  पोखराले केहि वडाहरुको  खाल्डा खुल्डी पारेका र धुलाम्मे सडकहरुको स्तरोन्नती गर्ने बताउने  गुरुङले आफू मादी गाउँपालिकाको अध्यक्ष हुँदा सडक संजाल विस्तार गरेको दाबी गर्नुभयको थियो । जनताको दैलोमा पुग्दा पाएको समर्थनले पनि आफुले निर्वाचन जितिसकेको दाबी समेत बताउनु भयो ।

स्मरण रहोस  नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा तर्फ जिल्ला अध्यक्ष मन बहादुर गुरुङ, प्रदेश क तर्फ खगराज अधिकारी र ख तर्फ वेद बहादुर गुरुङ श्यामलाई  उठाएका छन्।  नेकपा एमाले कास्की १ ले निर्वाचन केन्द्रित रहेर उम्मेदवार भेटघाट कार्यक्रम लाई सुस्म रुपले तीव्रता दिइरहेको ले जित सुनिस्चित भयको स्थानीय जनताहरु ले परिर्बतनन्युज लाइ  बताउनु भयो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: