Worldlink Communications

‘विदेशमा काम होइन, बजार खोज्छौं- मीना गुरुङ

कार्तिक २५,पोखरा ।

कास्की क्षेत्र नम्वर २ (२) बाट एमालेका उम्मेदवार बन्नु भयका मीना गुरुङले एमालेकै नेतृत्वमा देशको समृद्धि सम्भव भयको बताउनु भयको छ । आज सुक्रबार पोखरा ११ का विभिन्न टोलका मतदातासँग एमाले नेतृत्वको सरकारले गरेका कामको उदाहरणदिदै अबबन्ने एमालेको सरकारले देशमा उत्पादनको  सम्भावना खोज्ने बताउनु भयो  ।

सधैं अरुकै भरले देश चल्दैन उहाले भन्नुभयो  । अब नेपालमै उत्पादन बढाएर विदेशमा बजार खोज्नु पर्छ  । के उत्पादन गर्ने भन्ने योजना हामीसँग छ । विदेशमा रोजगारी खोजेर देशको समृद्धि आउदैन भन्नुभयो अघिल्लो कार्यकालमा प्रदेशका ऐन, कानुन बनाएकाले अबको कार्यकालमा जनताले प्रदेश सरकार जनता को पक्षमा जनताको हितमाहुने गरी काम गर्ने बताउनु भयो  । महिला, दलित,भूमिहीन सिमान्तिकृत शर्मिक निम्न वर्गका जनताको हितका लागि एमालेसंग योजना भएको बताउनुभयो । उम्मेदवार मिना गुरुङ ले भन्नु भयो ‘भूमिहीन  अव्यवस्थित बसोबासीलाई जग्गादिने अभियान हामीले थालेका हौं ।

त्यसैको निरन्तरता को लागि  एकल, स्थिर र जनपक्षीय सरकार चलाउने सामथ्र्य एमालेसँग मात्र छ ।कास्की २ मा एमालेकी उम्मेदवार विद्या भट्टराई अधिकारीले मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार भन्ने अवस्था जनताको घरदैलोमा जाँदा घाम झैँ छर्लंग भयको बताउनु भयो  ।
कास्कीका समस्या को बारेमा सम्बोधन गर्दै जनपक्षीय नीति निर्माण र सम्बृद नेपाल सुखी नेपाली समृद्ध नेपालको अभियानलाई पुरा गर्ने वाचा पनि गर्नुभयो  ।

बोल्दै गर्ने क्रममा , ‘हामी प्रदेश र संघ भित्र सवैतिर महिला उम्मेदवार एमालेबाट आएका छौं । विगतमा हामीले इमान्दारीताका मुल्याक  गर्ने अभिभारा तपाईहरुको हो भन्नु भयो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: