माओवादीलाई झड्का,अन्नपूर्ण गाउपालिका का सचिव सहित २४ जना एमालेमा प्रवेश
कार्तिक २९ पोखरा
निर्बाचन नजिकै आइरहदा कास्की क्षेत्र नम्वर ३ मा माओवादी केन्द्रलाई ठुलो झड्का लागेको छ । मंसिर ४ गते हुने निर्वाचनको मुखैमा कास्की क्षेत्र नम्वर ३ अन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिकाका सचिव नविन गिरीसहित २४ जना नेकपा एमालेमा प्रवेश गर्नुभएको उहाहरुलाई क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा का उम्मेदवार दामोदर पौडेल वैरागी, ३ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार राजीव पहारी र नेकपा एमालेका केन्द्रिय सदस्य तथा कास्की जिल्लाका सहइन्चार्ज कृष्ण थापा लगायतले एक विशेष कार्यक्रममा स्वागत गर्नु भयको छ ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नवीन गिरीले आफु एमालेको नीति कार्यक्रमबाट प्रभावित भएर प्रवेश गरेको बताउँदै देश र जनताको समृद्धि एमालेले मात्रै गर्न सक्ने बताउने नबिन आगामी दिनमा देश र जनताको सेवामा एमालेमा आवद्ध भएर निरन्तर कार्य गर्ने प्रतिवद्धता जनाउनु भयको थियो । नबिन ले मंसिर ४ गते हुने निर्वाचनमा सबै एक भएर सूर्य चिन्ह बाहक उम्मेदवारलाई भारी मतले जिताउन हर तरहले लागि पर्ने बताउनुभयो ।