Worldlink Communications

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा बिधा भट्टराई अगाडि बढदै

मसिर ६, पोखरा

कास्की निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेतापनि नेकपा एमालेको मतबढने वडाहरुको मत गन्न बाकि नै भएको र मत पनि बढदै गएको कुरा मतदान केन्द्रमा मत गन्दै गर्नुभएको एक कार्यकर्ता बताउनुभयो।

पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले ३५४९ मत ल्याउँदा निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी विद्या भट्टराईले ३३९९ मत प्राप्त गर्नुभएको छ । हालसम्म वडा नम्बर ७ र १५ को मत गणना भइसकेको छ भने वडा नम्बर १७ को मतगणना भैरहेको छ ।

गठबन्धन बाट नेकपा समाजवादीका श्रीनाथ बराल र राप्रपाका सुवर्णराज पन्त हुनुहुन्छ भने सत्तारुढ गठबन्धन बरालले २३८८ मत प्राप्त गरि तेस्रो स्थानमा हुनुहुन्छ ।

कास्की १ मा नेकपा एमाले अगाडि छ । अहिले त्यहाँ मतगणना भने स्थगित भएको छ । मादी ५ को वडाबाट मुचुल्कामा भएको भन्दा एक मत बढी भेटिएको भन्दै अहिले मतगणना स्थगित छ । यहाँ एमालेका मनबहादुर गुरुङले नेपाली कांग्रेसका किशोरदत्त बराललाई पछि पार्नुभएको छ ।

कास्की ३ मा नेकपा एमाले अगाडि छ । एमालेका दामोदर पौडेल बैरागीले ४ हजार ८५१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ४ हजार ४०७ मत पाउनुभएको छ । माओवादी उम्मेदवार रामजीप्रसाद बराल जीवनले ३ हजार २०७ मत ल्याउनुभएको छ ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: