Worldlink Communications

कास्कीमा मतगणक बनेर मतगणना स्थल सभागृह छिरेका कांग्रेस नेता प्रहरीको नियन्त्रणमा 

मंसिर ७,पोखरा

कास्की जिल्ला को मतगणना स्थल सभागृह २ को मतगन्ने स्थान मा छिरेका नेपाली कांग्रेसका एकजना नेतालाई सुरक्षाकर्मीले नियन्त्रण मा लिएका छन् ।

कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा तथा प्रदेशसभाको  मत गणना गर्ने घेराभित्र पुगेका कांग्रेसका मोहन बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको हो मोहन बास्तोला पोखरा-११ को निवर्तमान वडाध्यक्ष पनि हुनुहुन्छ ।

सुरक्षाकर्मीको नियन्त्रणमा रहनुभएका मोहन बास्तोलाले कांग्रेसका जिल्ला नेताले दिएको पास लगाएको बताउनुभएको छ यो  गेटपास बाहिर नेता साथीले दिनुभयो यो कार्ड लगाएर भित्र जादा साथीहरुले मतगणना स्थलमा पठाइदिए उहाले भन्नुभयो ।

एकैछिन मा मोहन बास्तोला मतगणना भइरहेको ठाउँमा बसेको देखेपछि एमालेका प्रतिनिधि हरुले विरोध र गाइगुइ गरेपछि सुरक्षा निकाय ले नियन्त्रण मा लिएको एमाले प्रतिनिधि ले बताउनुभयो ।

अचम्म र अनौठो त के छ भने उहाले लगाएको मतगणकको कार्ड जिल्ला प्रशासन कार्यालय कास्कीमा कार्यरत कर्मचारी कमल पौडेल को रहेको छरपष्ट देख्न सकिन्छ ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: