Worldlink Communications

चितवनमा भारि मतले रबि लामिछाने र ढकाल विजय

मंसिर ८, पोखरा

मंसिर ४ गते भएको आमचुनावमा करिब ६ महिना अगाडी मात्र स्थापना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने चितवन जिल्लाको क्षेत्र नं २ बाट भारि मतले विजयी हुनुभएको छ।

रबि लामिछानेले ४९ हजार २ सय ६१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत ल्याएर उपविजेता बन्नुभएको छ भने उहा पाँच दलीय गठबंधन को साझा उम्मेदवार पनि हुनुहुन्छ।

रबि लामिछानेले उमेश श्रेष्ठ लाई ३४ हजार १ सय ६२ को मतान्तरले पराजित गर्नुभएको छ। यो मतान्तर आज सम्म जारी मतगणनाको सर्वाधिक मतान्तरले विजयी भएको अवस्था हो। तेस्रो स्थानमा नेकपा एमाले आएको छ एमालेका उमेदवार कृष्णभक्त श्रेष्ठले १४ हजार ६ सय ४९ मत ल्याइ तेस्रो स्थानमा हुनुभएको छ।

चितवनकै क्षेत्र नम्बर १ बाट फेरि पनि राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित हुनुभएको छ । उहाँले ३४हजार १ सय ८९ मत ल्याएर विजयी भइरहँदा नेकपा एमालेका सुरेन्द्र पाण्डेले २६ हजार हजार ६ सय ८ मत प्राप्त गर्नुभएको  हो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: