Top Header Ad 1

कास्कीका तीनओटै क्षेत्रमा प्रतिनिधिसभामा एमालेका उम्मेदवार विजयी

कास्कीका तीनओटै क्षेत्रमा प्रतिनिधिसभामा एमालेका उम्मेदवार विजयी

परिबर्तन न्युज
९ मंसिर २०७९ बजे
परिबर्तन न्युज
९ मंसिर २०७९

मंसिर ९ पोखरा

मंसिर ४ गते भएको आम निर्वाचन बाट कास्की का तिनवटै प्रतिनिधि सभामा नेकपा एमाले का उम्मेदवारहरु बिजय हुनुभएको छ।

कास्की क्षेत्र नं.१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका मानबहादुर गुरुङ विजयी हुनुभएको छ। नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ५ सय १९ मतले पछि पार्दै मनबहादुर गुरुङ विजयी हुनु भएको हो। मन बहादुर गुरुङले २५ हजार ७ सय ८ मत प्राप्त गर्नुभएको थियो भने किशोर दत्त बरालले २३ हजार १ सय ८9 मत प्राप्त गर्नुभएको थियो।

त्यस्तै गरि कास्की क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका बिधा भट्टराई अधिकारी विजयी हुनु भएको छ। नेपाल स्वतन्त्र पार्टीका उम्मेद्वार ले १२ हजार ४ सय ९४ मत प्राप्त गर्नु भएको थियो भने विधा भट्टराई अधिकारी ले १६ हजार ९ सय १८ मत प्राप्त गर्नुभइ बिजय हुनुभएको थियो।

त्यस्तैगरी कास्की क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमाले कै दामोदर वैरागी पौडेल विजयी हुनुभएको छ। गठबन्धन माअाेवादी का  बहालवाला मन्त्री रामजि बराललाइ ५ हजार ४ सय ४५ मतले पछि पार्दै पौडेल विजयी हुनुभएको हो। दामोदर वैरागी पौडेलले २२ हजार ९ सय ८० मत प्राप्त गर्नुभएको थियो भने रामजी बरालले १७ हजार ५ सय ३५ मत प्राप्त गर्नुभएको थियो।

प्रदेशसभामा भने नेकपा एमाले बाट चारजना र नेपाली कांग्रेस बाट दुई जनाले प्रदेशसभामा प्रतिनिधित्व गर्नुभएको छ।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै