Worldlink Communications

चमेरेगुफा कृषि सहकारी संस्था लि पोखरा १६ को ११औं साधारणसभा एवम् चौथो अधिवेशन कार्यक्रम सम्पन्न अध्यक्ष: पुष्पराज अधिकारी

मंसिर १०, पोखरा

पोखरामा महानगरपालिका वडा नम्बर मा रहेको चमेरे गुफा कृषि सहकारी संस्था को ११ औं साधारणसभा तथा चौथो बार्षिक अधिवेशन ले पुष्पराज अधिकारीको अध्यक्षतामा एघार सदस्यीय समिति चयन गरेको छ।

हाम्रो सहकारी भरपर्दो सहकारी भन्ने नाराका साथ आज चमेरे गुफा कृषि सहकारी संस्था पोखरा १६ को ११ औं साधारणसभा एवम चौथो अधिवेशन कार्यक्रमको अध्यक्षता सस्था का अध्यक्ष कृष्ण प्रसाद अधिकारीले गर्नुभएको थियो।

कार्यक्रमको प्रमुख अथिति पोखरा महानगरपालिका सहकारी बिभागका प्रमुख भरत पौडेलले गर्नुभएको थियो भने विशेष अतिथिहरुमा पोखरा महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष अमृत तिमिल्सिना गर्नुभएको थियो ।अतिथि हरु मा वडा समितिका सदस्यहरु क्रमशः राजकुमारी बानियाँ र मन्जु लगाएत छिमेकी सहकारी संस्था जय मनकामना सहकारी संस्थाका अध्यक्ष नवीन भण्डारी र गाउँ विकास समिति सहकारीका मोहन थापाले गर्नुभएको थियो सो कार्यक्रमलाइ भब्य र सभ्य बनाउन को लागि सस्थाक सचिब सुबास बाबु  अधिकारीले गर्नुभएको थियो ।

आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष महेन्द्र खड्काले गर्नुभएको थियो भने लेखा समितिको प्रतिवेदन रुद्र अधिकारीले गर्नुभएको सो कार्यक्रममा संस्थाका उपाध्यक्ष पुष्पराज अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रमुख अथितको आसनबाट महानगर सहकारी का प्रमुख अतिथि भरत पौडेलले कृषि सहकारीले बिषय अनुसार को सहकारीको मर्म नबुझेर हो अर्थात बुझेर हो कृषिमा बजेट थोरै छुट्याउनु भएको रहेछ भन्नु भएको थियो भने समय परिवेशलाई अनुशरण गर्दै संस्थालाई अगाडि बढाउनको निम्ति यहाँहरुले गरेको सम्पूर्ण कार्यको प्रशंसा गर्दछु भन्नुभयो।

पहिलो सेसन सकिए लगत्तै तिन सदस्य निर्वाचन मण्डलको संयोजक मा खिमलाल अधिकारी, चन्द्रकान्त तिमिल्सिना र रमेश अधिकारीको तीन सदस्यीय निर्वाचन मण्डल घोषणा गरेर आफ्नो दोस्रो सेसन सुरु गरेको चमेरे गुफा सहकारी संस्थाले अन्तत: सर्व सम्मति रुपले ११ सदस्यीय कमिटी निर्माण गरेको छ।

आज भएको अधिवेशन बाट चमेरे गुफा सहकारी संस्था को अध्यक्ष: पुष्पराज अधिकारी ,उपाध्यक्ष:सुवास बाबु अधिकारी, सचिव: महेन्द्र खड्का, कोषाध्यक्षमा: विश्वराज अधिकारी,सहसचिवमा: यज्ञ बहादुर बस्नेत र सदस्यहरुमा नेत्र बानिया, रुद्र अधिकारी ,बसन्त बस्नेत, भगवति आचार्य ,निर्मला बस्नेत र गीता बस्नेत गरी एघार सदस्यीय समिति गठन गरेको छ ।

लेखा समितिमा विश्वराज अधिकारी संयोजक हुनुहुन्छ भने सदस्यहरुमा:राजु खड्का र प्रेम बस्नेतलाई चयन गरिएॐको सो कार्यक्रममा संस्थाका शेयर सदस्य परिवारहरू लाइ विभिन्न विधामा उत्कृष्ट काम गरेबापत सम्मान गरिएको थियो प्रमुख अतिथि लगायत अतिथिहरुलाई मायाको चिनो दिएर कार्यक्रम समापन गरिएको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: