Worldlink Communications

नेकपा एमाले कास्कीद्धारा सम्पुर्ण मतदाता तथा शुभेच्छुकहरुलाई धन्यवाद व्यक्त 

मंसिर १२, पोखरा

यहि मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा नेकपा एमालेलाई मतदान गर्ने सम्पूर्ण मतदाता, प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न सम्पुर्ण सुबच्छुकहरु सबै लाइ नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीले धन्यवाद दिएको छ ।

आज सोमवार नेकपा एमाले कास्कीका कार्यवाहक अध्यक्ष तथा नेकपा (एमाले) निर्वाचन परिचालन कमिटीका अध्यक्ष तेजनारायण अधिकारीले एक विज्ञप्ती जारी गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एमाले) का सूर्यध्वजावाहक उम्मेदवारहरुलाई अत्याधिक मत दिई विजयी गराउने कस्केली मतदाता, पार्टीका नेता, कार्यकर्ता, समर्थक एवं शुभेच्छुकहरुलाई हार्दिक आभार सहित धन्यवाद सहित आभार ब्यक्त गर्दछौ भनिएको छ।

गठबन्धनको हरेक खालको तिकडम राज्यसत्ताको चरम दुरुपयोग लाई समेत परास्त गरी विजयी हुने नेकपा (एमाले)का सुर्यध्वजा बाहक उम्मेदवारहरूमा बधाई सहित सफल कार्यकालको शुभ कामना व्यक्त गरिएको छ ।

निर्वाचनको  पछिल्लो प्राप्त मत परिणाम अनुसार कास्की जिल्ला को  प्रतिनिधि सभा क्षेत्र नम्वर १ बाट मन बहादुर गुरुङ, २ बाट विद्या भट्टराई र ३ बाट दामोदर पौडेल ‘बैरागी’, साथै प्रदेश सभा क्षेत्र नम्वर १ (१) बाट खगराज अधिकारी, १(२) बाट बेदबहादुर गुरुङ ‘श्याम’, क्षेत्र नम्वर २(१) बाट भिम बहादुर कार्की र क्षेत्र नम्वर ३(१) बाट गणेशमान गुरुङ अत्यधिक मतले विजयी हुनुभएको स्पष्ट सग जानकारी गराइएको छ ।

कास्की एमालेका कार्यवाहक अध्यक्ष तेज नारायण अधिकारीले कास्की जिल्लामा प्रतिनिधि सभाको ३ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाको ६ वटा निर्वाचन क्षेत्रमा सूर्यध्वजावाहक उम्मेदवारहरुलाई विजयी गराउन सिङ्गो पार्टी पंक्ति प्रभावकारी रुपमा क्रियाशिल र परिचालित रहदा रहदै पनि प्रदेश सभा क्षेत्र नम्वर २(२) र ३(२) मा अपेक्षाकृत मत परिणाम प्राप्त गर्न नसकेको बताएका छन् । तर कस्केली मतदाताहरुको अपार माया, ममता र विश्वास नेकपा (एमाले) प्रति रहेकै कारण प्रतिनिधि सभाको तीनवटा निर्वाचन क्षेत्र र प्रदेश सभाको ६ वटा निर्वाचन क्षेत्रमा पार्टीले लोकप्रिय मत प्राप्त गरेको अधिकारीले विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कास्की जिल्लामा नेकपा (एमाले) पहिलो पार्टी बन्न पुगेको छ । विज्ञप्तीमा भनिएको छ–‘कस्केली जनताको माया, ममता र मतदाताहरुको पुर्ण विश्वास नेकपा (एमाले) प्रति रहेको पुन प्रमाणित भएको छ ।यसैविच शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन आयोग, मतदानमा खटिनु भएका सम्पुर्ण कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, सञ्चार माध्यम लगायत सम्पुर्णमा एमाले कास्कीले हार्दिक धन्यवाद एवं आभार व्यक्त गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको यस निर्वाचनमा जनताले दिएको मतादेशले राष्ट्रियता, स्वाधिनता, लोकतन्त्र र देशको समृद्धिका लागि सिंगो एमाले पक्तिलाई अझै प्रतिबद्ध भएर अगाडि बढ्ने प्रेरणा मिलेको विज्ञप्तीमा जनाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्: