Worldlink Communications

२० औं संस्करण “समृद्धि स्टिल्स् औद्योगिक व्यापार मेला” आजबाट पोखरामा शुरु

मंसिर १६,पोखरा

राष्ट्रिय औद्योगिक व्यापार मेला को २० औं संस्करण “समृद्धि स्टिल्स् औद्योगिक व्यापार मेला” आजबाट गण्डकी प्रदेश को राजधानी पोखरा शुरु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी र पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आजबाट मंसिर २५ गतेसम्म नयाँ बजार को प्रदर्शनी केन्द्रमा मेला सुरु गरिएको छ । १० दिन सम्म संचालन हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको समुद्घघाटन आज पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एंव गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले गर्नु भएको थियो ।

मेलाको उद्घघाटन गर्दैै मन्त्री विन्दु कुमार थापाले यस औद्योगिक मेलााले कोरोनाका कारणले थलिएका उद्योगहरु  व्यवसायमा परेको असरले ब्यक्ति जिबन र देशको अर्थतन्त्रमा समेत धेरै समस्या भएको र यस किसिमको फरक परिस्थितिमा यस मेलाले उद्योग व्यवसाय र अर्थतन्त्रलाई चलाएमान बनाउन सहयोग पुरयाउने बताउनुभयो ।

मन्त्री बिन्दु कुमार थापाले गण्डकी प्रदेशलाई देशकै उत्कृष्ट प्रदेश बनाउन नीजि क्षेत्रका उद्योग व्यवसायीहरुलाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयको थियो। मन्त्री थापाले पोखरा उद्योग वाणिज्य संघलाई चारैतिरबाट चुनौतीहरु थपिदै गएकाले यश किसिमका मेला महोत्सवलाई अलि फरक तथा परिमार्जन गरेर संचालन सुझाब दिनुभएको थियो।

मेलाको उद्घघाटन कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर र नीजि क्षेत्र मिलेर समृद्ध पोखरा निर्माण को लागि सबै जुट्नुपर्ने बताउनुभएको थियो। उहाँले यस किसिमको कार्यको लागी महानगर र नीजि क्षेत्रबीच समन्वय हुन जरुरी रहेको बताउनुभयको थियो ।

पोखरा उद्योग वाणिज्य संघको वार्षिक नियमित कार्यक्रमको रुपमा रहेको राष्ट्रिय औद्योगिक व्यापार मेला बिचमा दुई संस्करण कोरोना का कारण आयोजना हुन नसकेको भन्दै पछिल्लो समय कोरोनाको सनत्रास हटेसँगै उधोग वाणिज्य संघले यस मेलालाई अबदेखि हरेक वर्ष निरन्तरा दिने भएको  र यस व्यापार मेलामा करिब २ सय ५० स्टलहरु रहेको संघका अध्यक्ष पवन कुमार प्रजापतिले जानकारी दिनुभयको थियो ।

नेपालकै प्रतिष्ठित व्यवसायिक घराना लक्ष्मी हाउसको मुख्य प्रायोजन एंव नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा लगानीको सम्बर्धनमा उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नारा सहित यस व्यापारिक मेला आयोजना भएको  अध्यक्ष पवन कुमार प्रजापति ले प्रष्ट पार्नुभएको थियो ।नारा अनुरुपनै व्यापारिक मेलाले गण्डकी प्रदेशको व्यवसाय विस्तारको संभावना र खोजी तथायस प्रदेशको पर्यटकीय सम्भावना लाइ थप मार्गप्रशस्त गरको बताउनुभयको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: