Worldlink Communications

कोइराला सेवा समाज द्वारा शान्त बहादुर कोइराला स्मृति कोष घोषणा कार्यक्रम-२०७९

मंसिर १७, पोखरा

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका को दिन पारेर शान्तबहादुर कोइराला को श्रीमती धर्मपत्नी फन्ना कुमारी कोइराला एवं छोराबुहारी संजिव बहादुर कोइराला द्वारा दस लाख रुपैयाँ को स्मृतिकोष जम्मा गरिको कार्यक्रममा बताइएको थियो ।

स्मृति कोष घोषणा कार्यक्रम २०७९ को आयोजक कोइराला सेवा समाज नेपाल जिल्ला कार्य समिति कास्कीका सभापति देवदत्त कोइरालाले गर्नुभएको थियो भने कार्यक्रम संचालन कोइराला सेवा समाजका सचिव प्रकाश कोइरालाले गर्नुभएको थियो।

शान्तबहादुर कोइराला वास्तवमा को हो त भन्ने प्रसङ्गमा शान्त बहादुरका जेठा छोराले आफ्नो बुबा नै हिँडेको नै थाहा पाइन् भन्दै भावनात्मकसैलिमा सामाजिक रुपमा प्रस्तुत हुने आफ्ना बुबा ले धेरै सामाजिक व्यक्तित्व भै धेरै काम गर्नु भएको र पृथ्बीनारायण क्याम्पसमा विद्यार्थी राजनीति गर्नु भइ विभिन्न संस्थाहरुमा आबद्ध रहि  जिम्मेवारी रूपमा काम गर्नु भएको बुबाले दुख पाएका व्यक्ति हरु र फरक क्षमता भएका व्यक्तिहरुलाई जहिले पनि सहयोग गर्नुपर्छ भन्दै त्यस प्रकारका व्यक्तिहरूको लागि कोष छुट्टै बनाउनु पर्छ भन्ने धारणा राख्दै हिडनु हुने आदरणीय बुवा अन्ततः आफुपनि फरक क्षमता राख्ने जस्तै व्यक्ति भएर दिन गुजार्नु परेको र त्यहि बुबा पनि अल्पायुमा नै गुमाउन परेको दुखद प्रसङ्ग राख्नु भएको थियो।

संस्थाका अध्यक्ष दुर्गादत्त कोइरालाले शान्त बहादुर कोइरालाको बारेमा संस्मरण गर्दैगर्दा अपाङ्गता भएका परिबार र  कमजोर जिबन यापन गर्दै जिबन बिताउन बाध्य बन्नु भएका हरुहरेकका सकरात्मक कुरालाई समाजमा लागू गर्नुपर्छ भन्नुहने उहाँले भनेको हरेक कुराहरु व्यवहारमा उतार्न उहाँकी श्रीमती धर्मपत्नी फन्न कुमारी कोइराला को महत्वपूर्ण हात रहेको बताउनुभयो ।

सबैलाइ सामाजिक संस्कार र  समाज मा रहेर  सबैलाइ माया गर्नु पर्छ भन्दै हिँड्ने सान्त बहादुर कोइराला स्पाइनल इन्जुरीको को कारण ले अपाङ्ग हुनुभयो थियो विवाह गरेको केही समयमा नै अपाङ्ग हुनुभएपछि जिबन साथी फन्न कुमारीले धेरै स्याहार सुसार गर्दै जिबनको उत्तरार्ध सम्म गरेको सेबा को मुक्त कण्ठले प्रशंसा गर्नुभयको थियो । एउटा परिवार ले आफ्नो श्रीमान अपाङ्ग हुँदा पनि कतिसम्म गर्नुपर्छ भन्ने प्रसङ्ग जोड्नुभएको थियो ।

कार्यक्रममा कोइराला समाज ले आजसम्म गरेका र गर्दैआएका कामहरूको बारेमा पनि जानकारी दिइएको थियो  जसमा मृत्यु भएको परिवारमा भेटघाट कार्यक्रम, हरिशयनी र  हरिवोधनी एकादशीको दिन आरती गर्दैआएको धार्मिक रूपमा पर्यटकीय स्थलहरू भर्मण गर्दै आएको बताइएको थियो ।

च्याम्बर अफ कमर्स को तर्फबाट धर्म मान सिंह भण्डारीले आफ्नो धारणा राख्दै सन्तबहादुर थापाको जीवनी को बारेमा व्याख्या गर्नुभएको थियो उहाँले गरेका हरेक पवित्र र अनुकरणीय कार्यहरु प्रशंसनीय भएको जानकारी गराउनुभयो भने आजको यस कार्यक्रमलाई सभ्य र भव्य बनाउन को लागि थप अर्को रमाइलो कुरा पनि भएको भन्दै शान्तबहादुर कोइरालाका जेष्ठ सुपुत्र सन्जिब कोइराला को आज २५ औ विवाह वर्षगाँठ भएको जानकारी गराउनुभयको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: