Worldlink Communications

पुस १४ देखि पोखरा रंगशालामा आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता हुँदै

मंसिर १७, मंसिर

२२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को विभिन्न उपसमिति गठन गरिएको छ । आयोजक सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ को अध्यक्षतामा ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । प्रतियोगिता संयोजक वरिष्ठ उपाध्यक्ष केशवराज बराल चयन हुनुभएको छ भने मूल आयोजक समितिको सदस्यसचिवमा क्लबको महासचिव रामजी प्रसाद अधिकारी हुनुहुन्छ ।

अर्थ संकलन समिति संयोजकमा सुनिल गुरुङ, प्रचार प्रसारमा दीपेन्द्र श्रेष्ठ, स्वयंसेवक परिचालन संयोजकमा प्रकाश शेरचन, शन्ति सुरक्षामा खेमबहादुर गुरुङ, खेलमैदान व्यवस्थापनमा तोरणबहादुर बानियाँ, आवास व्यवस्थापनमा क्षेत्र गुरुङ गुरुङ, अतिथि सत्कारमा गणेशबहादुर भट्टराई, मञ्च व्यवस्थापनमा शम्भु कार्की संयोजक  चयन हुनुभएको छ ।

प्राथमिक स्वास्थ्य उपचार व्यवस्थापन संयोजकमा डा. रवीन्द्रप्रसाद श्रेष्ठ, यातायात उपसमिति मा योगेन्द्रबहादुर केसी, संघसंस्था समन्वय टीकाबहादुर कार्की, सहभागी टिम सम्पर्कमा विक्रम थकाली, आयोजक टिम तयारीमा वीरभद्र आचार्य, प्राविधिक एवं अनुशासनतर्फ वसन्त थकाली, शिल्ड मेडल ट्रफी प्रमाणपत्र व्यवस्थापनमा पूर्णबहादुर गुरुङ, सचिवालय व्यवस्थापनमा केशवबहादुर थापा हुनुहुन्छ।

त्यस्तैगरी अन्तराष्ट्रिय शाखा समन्वयमा दीपक गुरुङलाइ संयोजक मा चयन गरिएको छ ।अनुगमन समिति संयोजकमा महेश गुरुङ, सहसंयोजकमा नारायण कार्की र उपसंयोजकमा तेजबहादुर गुरुङलाई चयन गरिएको छ भने प्रचारप्रसार संयोजक एवं क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताउनुभयो ।हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आगामी पुस १४ देखि पोखरा रंगशालामा सो प्रतियोगिता हुँदैछ ।

-प्रकाश अधिकारी

 

 

प्रतिक्रिया दिनुहोस्: