Worldlink Communications

तनहुँ अलैचेको सरस्वती प्रा.बि. मा न्यानो कपडा एवम् स्टेसनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न 

मंसिर १९, तनहुँ

लायन्सक्लब अफ तनहुँ खैरेनिटारकाे आयोजनामा शुक्लागन्डकि नगरपालिका वडा नम्बर ११ अलैचे स्थित सरस्वती प्रा वि मा न्यानो कपडा एवम् स्टेसनरी सामाग्री तथा खाजा वितरण गरियाे ।

लायन्स क्लब ईन्टरनेशनल ३२५ एल नेपाल का भिलेज एडप्टेसन टिमका टिम लिडर लायन चुडामणिा दाहालकाे प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ तनहुँ खैरेनीटार का निवर्तमान अध्यक्ष पिताम्बर तिमिल्सिना ,शुक्लागन्डकि वडा नम्बर ११ का वडा सदस्य खिमलाल भन्डारी ,गिरिराज थापा,विध्यालयका प्र.अ मुक्ति नाथ सिग्देल ,व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद सिग्देल ,क्लबका प्रथम उपाध्यक्ष प्रमाेद लामिछाने ,क्लब प्रशाशक सुन्दर वस्याल लगायत ले बाेलेका थियो ।

क्लबका अध्यक्ष नारायण प्रसाद पाेख्रेलकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा लियो क्लब दुलेगौंडा खैरेनीटार मन्त्र का अध्यक्ष प्रज्वल गुरूङ,लायन्स क्लब सेतिरिभर स्टारका उपाध्यक्ष मदन सिग्देल ,लायन्स क्लब तनहुँ खैरेनीटार का काेषाध्यक्ष शेषकान्त पाैडेल ,क्लब सर्भिस चियर पर्सन महेन्द्र हमाल ,लगायतको उपस्थिति रहेको थियो ।क्लबका टेल टुईस्टर कमल वाग्लेको संयाेजकत्वमा भएको कार्यक्रम संन्चालन क्लबका सहसचिव प्रकाश ढकाल ले गर्नेुभएकाे थियोे ।

कार्यक्रममा क्लबका अध्यक्ष नारायण प्रसाद पाेख्रेलले क्लबले लायन वर्ष २०२२/२३ भर यस्तै दुरदराजमा रहेका ,सराेकारवाला बाट अलि नजर नपुगेको ठाउँमा जाहा आवश्यकता त्यहा लायन्स भन्ने मुल मन्त्र का साथ कार्यक्रम अगाडि बढाउने उल्लेख गर्नुभयो।

कार्यक्रममा विद्यालय का प्र .अ ,विव्यस्थापन समितिका अध्यक्ष ,स्थानीय जनप्रतिनिधिले क्लबकाे यस किसिमका कार्यक्रमको प्रशंसा गर्नुभएको थियो ।

स्थानीय जनताहरु ले आज सम्म कुनै पनि संस्था काे आँखा नपरेको यस विद्यालयमा पाेसाक खरिद गरेर विपन्न वर्गका विद्यार्थीलाइ जाडो मा कठाङ्गरिने अबस्था, बाट जोगाउन ट्र्याक सुट ड्रेस उपलब्ध गराएर सहयोग गर्नु हुने सस्था र संस्थामा काम गर्ने बिसाल छाति भएका मन भएका लायन्स लाई धन्यवाद ज्ञापन गरेका थिय।

कार्यक्रम बाेल्दै प्रमुख अतिथि दाहालले बालबालिकालाई पढाइ प्रति उत्प्रेरित गर्न लायन्सले सधैं समुदाय सग हातेमालो गर्ने बताउनुभयो।

सधै जसो बजारको आसपासमा गरिने पाेसाक वितरण कार्यक्रमले  पृथ्वी राजमार्ग बाट करिब १५ कि मि दुर्गम क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरूको लागि लक्षित गर्दै गरिएको सहयोगले धेरै गरिब बालबालिकाहरू लाभान्वित भएको ले कार्यक्रम फलदायी हुनेमा क्लबले विश्वास लिएको आयोजक ले विश्वास गरेको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: