Worldlink Communications

पृ.ना. क्याम्पस सिएसआइटि विद्यार्थी संगठनको अधिबेसन सम्पन्न अध्यक्ष; उज्वल पौडेल

मसिर २३ ,पाेखरा
पृथिबी नारायण बहुमुखी क्याम्पस मा सीएसआइटि (CSIT) अध्यनरत बिद्यार्थीहरुको संगठनको पद हस्तान्तरण समाराेह तथा आइटी सम्बन्धी छलफल कार्यक्रम २०७९ सम्पन्न भएको छ । सिएसआईटि विद्यार्थी संगठनले पृथ्वीनारायण क्याम्पसले  गरेको  कार्यक्रमको अध्यक्षता सगठन का अध्यक्ष  केशव बानियाँ ले गर्नु भयको थियो ।
प्रमुख अतिथि पृथ्वी नारायण क्याम्पसका डिपुटी क्याम्पस चिफ तथा बिएससी सिएसआईटि संयोजक, सहप्राध्यापक मीराज लम्सालले गर्नुभयको थियो ।प्रमुख अथिति को तर्फ बाटबोल्दै  क्याम्पसमा सिएसआईटि कार्यक्रम अन्तर्गत भइरहेका र भावी योजनाका बारेमा बताउनुभयको  थियो।  एसीएस (ACS) संस्थालाई यस्ता कार्यक्रमहरुले सही बाटोमा अघि बढ्न प्रेरित गर्ने पनि प्रमुख अतिथि  लम्सालले बताउनु भयको थियो  ।
त्यस्तै गण्डकी प्रदेश एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका बैज्ञानिक सन्तोष कोइरालाले सिएसआईटिका विद्यार्थी हरुका लागि जिपीएएसटी (GPAST) भित्र ठूलो सम्भावना रहेको कुरा राख्दै सहकार्यको बाटो खुलेको जनाउनु भयको थियो ।एक्सडिईजेडओ (XDEZO) का सिइओ दिनेश थापा तथा यार्सा ल्यावका सह प्रबन्धक सुशील अधिकारीले सूचना प्रविधिको क्षेत्रमा ठूलो सम्भावना रहेको र विद्यार्थीलाई हर तवरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयको थियो ।
कार्यक्रममा  उपस्थित बिधार्थी हरुको भेलाले उज्वल पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ। उपाध्यक्षमा कपिल कार्की र सहउपाध्क्षमा कविता सुवेदी, सचिवमा अन्जन पराजुली, सह-सचिवमा असीम त्रिपाठी, कोषाध्यक्ष चिरञ्जीवी रिमाल,सह-कोषाध्यक्षमा रश्मी के सी चयन भएको छ भने सदस्यहरुमा क्रमश : नवीन लम्साल, सृष्टि बस्नेत, एन्जेला बस्नेत, सुदिप पौडेल प्रकृति तिमिल्सिना, विशाल पौडेल, अनिश रेग्मी र सम्झना चौधरी चयन हुनुभयको हो ।
नव निर्वाचित कार्यसमितिका अध्यक्ष उज्ज्वल पौडेलले पुरानो विरासतको मर्यादा कायम राख्दै संस्थालाई आर्थिक रूपले सुदृढ र सबल बनाउन लागि पर्ने प्रतिबद्धता जनाउनु भयको थियो  उज्वलले  सबै समितिका सदस्य तथा विद्यार्थी साथीहरुबाट हरेक राम्रा कार्यहरुमा  साथ र सहयोग गर्नु हुनेछ भन्ने  अपेक्षा गर्नुभयको थियो ।कार्यक्रममा विशेष अतिथिका रूपमा पृथ्वी नारायण क्याम्पसका सहप्राध्यापक तथा सिएसआईटि भाइस काेअर्डिनेटर (CSIT vice-coordinator) चुडामणि सुवेदी, कम्प्युटर एसोसिएसन अफ नेपालका नवनियुक्त अध्यक्ष अनिश गुरुङ  लगायतको उपस्थिति रहेको थियो ।
-प्रकाश अधिकारी
प्रतिक्रिया दिनुहोस्: