Worldlink Communications

पोखरामा सातौं पर्वतीय महोत्सव सुरु

मसिर २४,पोखरा

पर्वतीय दिवसको अवसरमा अन्तरास्ट्रिय  पर्वतीय संग्रहालयमा आयोजना भएको पर्वतीय महोत्सव शनिबारदेखि सुरु भएको छ । नेपाल पर्वतारोहण संघले आयोजना गरेको महोत्सवको उद्घाटनउपराष्ट्रपति नन्दकिशोर पुनले गर्नु भयको थियो ।

उपराष्ट्रपति पुनले कार्यक्रममा पर्वतीय पर्यटनले  नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयको थियो । अर्थतन्त्रमा महत्वपूर्ण पाटो भनेको पर्यटन विकासमा रणनैतिक र कार्ययोजनाको महत्वपुर्ण भूमिका रहेको बताउनु भयको थियो । विश्वसामु नेपालको चिनारी र गौरव तथा नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको पर्वतीय पर्यटन विकासका लागि धेरै कार्य गर्नुपर्ने नेपाल भ्रमण वर्ष  प्रभावित भएको सन्दर्भमा नेपालको समग्र पर्यटन विकासका लागि नयाँ पर्यटन रणनीति तथा एकीकृत कार्ययोजना तयार गर्नुपर्ने  आवश्यक देखिन्छ भन्नुभयो।

पर्यटन विकासमा रणनीति आवश्यक रहेको भनाइ राख्नु भयका  पुनले विशेषगरी पर्वतीय पर्यटनलाई प्राथमिकतामा जोड दिनुपर्ने । पर्वतीय पर्यटनले हिमाली क्षेत्रमा बसोबास गर्ने भाषा, संस्कार, संस्कृति बुझाउन पनि भूमिका खेल्नु पर्छ  पर्यटनको मेरुदण्डको रुपमा रहेको पर्वतीय पर्यटनलाई प्राथमिकता दिएर काम गर्न आवश्यक छ पर्वतीय पर्यटन केवल आरोहणमात्रै होइन, यो पर्वतीय क्षेत्रमा बसोबास गर्नेहरुको भाषा, संस्कार, संस्कृति तथा जीवन बुझ्ने र उनीहरुको आर्थिक–सामाजिक जीवनमा रुपान्तरण ल्याउन योगदान पुर्याउने माध्यम पर्वतीय पर्यटन हो भन्ने  विचार उपराष्ट्रपति पुनले राख्नु भयको थियो ।

डिसेम्बर ११ लाई लक्षित गरि प्रत्येक वर्ष आयोजना हुने यस महोत्सव दुई दिन चल्ने आज महोत्सवको पहिलो दिन विभिन्न खेल तथा कार्यक्रमहरु भएका छन् भने  छेलो हान्ने प्रतियोगितादेखि धनुषवाणको खेल भएको थियो । पर्वतीय वातावरण संरक्षणमा महिलाको भूमिका र पोखरामा तीनवर्ष मा दोब्बर पर्यटक भित्र्याउने विषयमा छलफल कार्यक्रम पनि भएको थियो । पर्वतीय वातावरण संरक्षणमा महिलाको भूमिका विषयक कार्यक्रममा चारजना महिला आरोही लाक्पा फुटी शेर्पा, पुर्णिमा श्रेष्ठ, फुन्जो लामा र फुरदिकी शेर्पाले कार्यक्रममा बोल्नु भयको थियो  ।
वातावरण र हिमाल संरक्षण गर्नु हाम्रो जिम्मेवारी हो  भन्ने विषय मा चारै आरोहीको एकै स्वर थियो–आफूले चढिसकेको हिमाल चढ्न पुनः पुगेकी पूर्णिमाले चारवर्ष यता जलवायु परिर्वतनका कारण हिमाल हिउँविहीन हुन लागेको बताउनु भयो । यसविषयमा सबै नेपाली र सम्बन्धित व्यक्तित्व  गम्भीर नबने सेताम्मे हिमालहरु कालो पथरको रुपमा परिणत हुनेछन् भन्नु भयको थियो ।हिमाल पहिलाभन्दा बढी नै  पग्लीराखेको छ चारवर्ष धेरै परिवर्तन देखिरहेको छु  भन्नु भयो । विशेषगरि खुम्बुक्षेत्रमा धेरै परिवर्तन भयको देखेँको छु  । यस बिसयालाई सिरियस इस्युका रुपमा लिएन भने दिन प्रतिदिन हिमाल कालोपत्थर बन्दै जानेछभन्नु भयो ।

यस्तै विलासिन पूर्ण एक्सपेडेसन कम्पनीको सेवाले पनि हिमालको वातावरणमा असर पुर्याएको बताउनुभयको थियो  त्यस्तै गरि अर्को  आरोही फुरदिकी शेर्पा ले आइस फल हटाएर चउर बनाएर एजेन्सीहरुले सुविधा दिएछन  यो दुखद कुरा हो  ठुलोठुलो कम्पनीहरुले त्यस्तो कार्य  नगरेको भए राम्रो  हुन्थ्यो भन्नु भयो ।

पोखरामा तीनवर्षभित्र कसरी दोब्बर पर्यटन भित्रयाउन सकिन्छ भन्ने विषयको छलफलमा पोखरा महानगरका प्रमुख धनराज आचार्य र नेपाल पर्यटन बोर्डको निर्देशक धनञ्जय रेग्मी सहभागी हुनुहुन्थ्यो छलफल कार्यक्रममा बोल्दै प्रमुख धनराज आचार्यले निकट केहि दिनमानै सञ्चालन मा आउने अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटक भित्रयाउनमा  ठूलो भूमिका खेल्ने विचार राख्नु भयको थियो  ।संयुक्त राष्ट्र संघले यसवर्षको पर्वतीय दिवस ‘ वुमन मुभ माउन्टेन्स्को ‘ नारासहित मनाउने निर्णय गरेको छ । उद्घाटन समारोहमा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: