Worldlink Communications

स्वावलम्बन समाज नेपाल पोखरा १९ को आठौ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न अध्यक्ष :सरिता के सि

मंसिर २५, पोखरा

पोखरा महानगरपालिका वडा न. १९ लामाचौर अपाड्गता स्वावलम्बन समाज नेपाल पोखरा १९ को आठौ साधारण सभा तथा चौथो अधिवेशन एक कार्यक्रमका बिच सम्पन्न भयो ।

कार्यक्रम को प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष पुष्पेद्र पान्डेले गर्नुभएको सो कार्यक्रममा बिशेष अतिथिहरुमा वडा सदस्यहरु क्रमश बिकास कुमार आचार्य, दुर्गा देबी बस्नेत , कल्पना सुनार , संस्थाका पुर्ब अध्यक्ष सिता कुमारी काफ्ले , भिम प्रसाद पौडेल लगाएतले अतिथिहरुको गर्नुभएको थियो  ।

कार्यक्रममा वडा सदस्य बिकास कुमार आचार्य र दुर्गा देबी बस्नेतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने प्रमुख अतिथिको आसनबाट वार्ड अध्यक्ष पुस्पेन्द्र पाण्डेले यस वडाबाट अपाङ्गता भएका आदरणीय व्यक्तित्वहरूलाई सकेसम्म सहयोग गर्ने वचन दिनुभएको थियो।

निर्वाचन मन्डलको संयोजक बिकास कुमार आचार्य र सदस्यहरुमा दुर्गा देबी बस्नेत र सिता कुमारी काफ्लेले सर्वसम्मति रुपमा  नबनिर्वचित पदाधिकारी हरुको नाम घोषणा गर्नु भएको थियो ।

अघ्यक्ष: सरिता केसी भट्टरााई, उपाध्यक्ष: बिण्णु कुमारी आचार्य , महासचिव: गौरी आचार्यय, सचिब: भवानि प्रसाद गौतम, कोषाध्यक्ष:  हरी बहादुर खत्री , सदस्यहरुमा  क्रमश: अन्जना केसी, लक्ष्मी पान्डे, रन्जित बस्नेत , धनसरी नेपाली सहित ९ सदस्य समिति चयन गरिएको जानकारी पोखरा महानगरपालिका वडा नं १९ का जनप्रतिनिधि बिकास आचार्यले हामी लाइ जानकारी दिनुभयो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: