Worldlink Communications

पोखरा-५ मासबार द्वारा महिला प्रजनन स्वास्थ्य सचेतना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

मंसिर २६, पोखरा

आज पोखरा महानगरपालिका वडा नं. ५ को सभाहलमा महिला प्रजनन स्वास्थ्य तथा सचेतना सम्बन्धि अभिमुखिकरण कार्यक्रम वडा कार्यालय र स्वास्थ्य केन्द्र पोखरा -५ को आयोजनामा सम्पन्न गरेको छ ।

शहरी स्वास्थ्य केन्द्रका अध्यक्ष एवम जनप्रतिनिधि कल्पना क्षेत्री भवाजु को अध्यक्षता मा भएको कार्यक्रम प्रमुख अथिति पोखरा महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विष्णु प्रसाद बराल ले गर्नुभएको थियो भने कार्यक्रमलाई शहरी स्वास्थ्य केन्द्र का इन्चार्ज आशिक सुवेदीले संचालन गर्नु भएको थियो।

आगामी मंसिर २८ हुने बृहत स्वास्थ्य अभिमुखिकरण कार्यक्रमको पूर्वतयारीको लागि आज करिब ५५ जना प्रतिनिधिमूलक रूपमा आमा दिदीबहिनीहरूको समुपस्थितिमा भएको कार्यक्रम लाइ महानगरिय स्वास्थ्य प्रशिक्षक नर्सिङ अधिकृत सविना श्रेष्ठले सहजीकरण गर्नुभएको थियो।

प्रमुख अथिति पोखरा महानगरपालिका वार्ड नं.५ का अध्यक्ष  बिष्णु प्रसाद बरालले हामी जनप्रतिनिधि भएर आइसकेपछि पोखरा महानगरपालिका कै हकमा सबैभन्दा धेरै कार्यक्रम विशेषगरी स्वास्थ्य सम्बन्धी कार्यक्रम ल्याउने वडा हाम्रो  हो भन्नुभयो।

हामी नेपालीहरूको बानी बिरामी भएपछि मात्र उपचार गर्ने अर्थात सिकिस्त भएपछि मात्रै उपचार गर्ने बानी भएको हुनाले जुनसुकै किसिमका रोगहरु हेर्दा र दख्दा सुरुमा सानो भए पनि पछिल्लो दिनमा भयानक भएर देखिने गरेको पाइएको छ। त्यसैले यस प्रशिक्षण लिए पछि रोग लाग्नुभन्दा रोगकै बाटो छेक्नु उत्तम भन्ने विषयलाई महत्व दिँदै आगामी दिनमा यो प्रशिक्षण सबैको लागि फलदायी र महत्वपूर्ण कोसेढुंगा साबित हुनुपर्छ भन्नुभयो।

विशेषगरी महानगरिय स्वास्थ्य प्रशिक्षक नर्सिङ अधिकृत सविना श्रेष्ठले महिलाहरूको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने प्रजनन स्वास्थ्य सम्बन्धी पाठेघरको क्यान्सर विषयमा आधारित रहेर प्रशिक्षण गर्नुभएको थियो।

महिलाहरूको पाठेघरमा क्यान्सर भएको छ कि छैन भनेर भि आइ ए  गर्नुपर्छ भन्नुभएको थियो ।यो भि आइ ए गरेको एक मिनेटमा नै यसको रिपोर्ट आउने कुरा पनि बताउनुभयो ।विशेषगरी यो भि ए गर्दा ३० वर्ष माथि र ६० वर्ष मुनिका महिला हरुले गर्नुपर्ने बताउनुभएको थियो ।

यो जाँच गर्भवती आमा ले गर्नु त्यति राम्रो मानिँदैन भने महिनामारी भएको चार दिनपछि गर्दा राम्रो हुन्छ भन्ने प्रत्येक ५/५ वर्षमा भि आइ ए गर्दा राम्रो हुने प्रशिक्षक नर्सिङ अधिकृत सविना श्रेष्ठले जानकारी दिनुभएको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: