Worldlink Communications

स्थानीय जनताहरु भन्छन् दम्सादिघाट मोटरेवलपुलको निर्माणकार्य अब नरोकियोस्

मंसिर २६, पोखरा

स्वर्गीय रविन्द्र अधिकारीको पालामा पोखरामा नगरपालिका वडा नम्बर २१ र १७ जोड्ने दम्सादिघाट पुलको निर्माणकार्य केही समय बिबिध कारणले रोकिए पनि अहिले धमाधम काम भइरहेको ले स्थानीयबासी भन्नु हुन्छ अब काम नरोकियोस्।

रोकिएको दम्सादिघाट पुलको निर्माण कार्य भइरहँदा आज कास्की जिल्ला क्षेत्र नम्बर २ बाट निर्वाचित विद्या भट्टराई अधिकारी, जिल्ला समन्वय समिति कास्कीका प्रमुख  लिलाधर पौडेल, जिल्ला समन्वय कास्कीका अधिकारी नवराज बराल, डिभिजनल इन्जिनियर पारसमणि हमाल ,पोखरा महानगरपालिका वडा नं.२१ का अध्यक्ष दिपक प्रसाद सुबेदी लगायत स्थानीय सरोकारवाला र पुल निर्माण उपभोक्ता समितिहरु को संयुक्त टोलीले बन्दै गरेको पुलको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा विद्या भट्टराई अधिकारीले नेपालका हरेक कामहरु रोकिने यसैगरि बेला बेलामा समस्या बन्दै गुज्रदै आउने गरेको र बन्दै पनि आउने गरेको हुनाले यो पुल पनि पछिल्लो समयमा रोकिदै बन्दै आयको छ भन्नुभयो। काम रोकिएको होइन  गर्ने गति रोकिएको हो यो ढिला हुनु हाम्रो देशको प्रवृत्ति नै हो भन्नुभयो । बिबिध कारणले रोकिएको भए पनि अब रोकिँदैन अर्को आर्थिक वर्षबाट यस पुलबाट जनताले सुविधा लिन सक्नुहुन्छ भन्नुभयो।

जिल्ला समन्वय कास्कीका प्रमुख लीलाधर पौडेलले दम्सादिघाट पुलको अनुगमन गर्ने क्रममा दम्सादिघाट पुलको निर्माण कार्य ढिलो हुनुमा व्यवसायीले काम नगरेको कारणले हो  ढिलो हुन पुगेको हो भन्नुभयो। तिन महिना अगाडी यो काम किन रोकियो भनेर खोजी गरेको हुनाले अहिले आएर यो काम तिब्र गतिमा भइरहेको छ भन्नुभयो। अब यो काम रोकिदैन अब आउने आर्थिक वर्षबाट यस पुलबाट जनताहरु विशेषगरी वडा नं. २१ र १७ का जनताहरु लाभान्वित हुने बताउनुभयो।

कास्कीका डिभिजनल इन्जिनियर पारसमणि हमाल यो काम ढिलो हुनुमा दुईवर्ष कोरनाले खायो बीचमा स्थानीय चुनावले खायो र त्यसपछि सङ्घ र प्रदेशको चुनावले ढिला भएको हो अब यो कामले स्पिड लिएको छ। बिस्वास गर्नुस् अब यो काम अब छिटै पुरा हुन्छ अर्को आर्थिक वर्ष बाट यस पुलबाट जनताले पूर्ण सुविधा लिन सक्ने गरी तयार गरिने छ भन्नुभयो।

वडा नं २१ का वडा अध्यक्ष दिपक प्रसाद सुवेदीले दम्साडीको पुलको निर्माण कार्य मा ढिला सुस्तिहुनुमा ठेकेदारनै गर्दा नै यो काम रोकिएको बताउनुभयो । विभिन्न पटकको अनुगमन र पटक पटक को जनदबाबले गर्दा यो काम अब राम्रोसँग र छिटोसग बन्ने बताउनु भयो । यो काम बजेटको अभावले नभई ठेकेदारको आलटाल ले गर्दा नै ढिलो भएको बताउनुभयो। करिब एक हजार घरधुरी लाभान्वित हुने यो पुल २१ र १७ का जनताहरुको जिबन बिकास का लागि महत्वपूर्ण कोसेढुंगा सावित हुनेपनि बताउनुभयो। यस पुलको पहुँच बागमारा देखि स्याङ्जाको टक्सार जोड्ने यो मोटरेबल पुलले महत्वपूर्ण भूमिका खेल्नेछ भने समग्र पोखरा विकासको महत्वपूर्ण भूमिका खेल्ने यो पुल को आफ्नै महत्व विशेषता अझै धेरै महसुस भएको बताउनुभयो।

स्थानीय सरोकारवालाहरु ,पुल निर्माण समिति, उपभोक्ता समिति, लगायत सबै उपस्थित सबैको एउटै मात्र गुनासो रह्यो अब यो पुल निर्माण कार्यले निरन्तरता पाईरहेर छिटो प्रयोमा आइदिए हुन्थ्यो भन्ने हरुको जवाफमा सबैले एक बोली बोल्दै अर्को आर्थिक वर्षसम्म यो पुल बन्ने छ भन्ने बचनबद्धता गराएपछि स्थानीय सरोकारवालाहरु खुसी हुनुभएको देखिन्थ्यो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: