Worldlink Communications

नौलो घुम्ती नेपाल को जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

पौष ६, पोखरा

नौलो घुम्ती नेपाल को जिल्ला परियोजना सल्लाहकार समितिको  जानकारी मुलक बैठक नौलो घुम्ती नेपाल कास्कीका अध्यक्ष बद्री बिनोद प्रतिक को अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि जिल्ला समन्वय कास्कीका प्रमुख लिलाधर पौडेल हुनुहुन्थ्यो भने  बैठकलाई भव्य र सभ्य बनाउनको लागि जिल्ला समन्वय अधिकारी नवराज बराल ले सहजिकरण गर्नुभएको थियो।

नौलो घुम्ती नेपाल जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा कास्की जिल्लामा रहेका गाउँपालिकाहरुका प्रमुख, उपप्रमुख कार्यलय प्रमुखहरूको उपस्थितीमा गरिएको सो कार्यक्रम लाइ नौलो घुम्ती नेपाल का कार्यकारी निर्देशक अनिस गुरुङले बैठकका एजेण्डा हरुको बारेमा प्रष्ट पार्नुभएको थियो।

प्रमुख अथितिको रुपमा बोल्नुहुँदै समन्वय समितिका प्रमुख लिलाधर पौडेलले आफु नौलो घुम्ती संस्थाको बारेमा धेरै जानकार रहेको र यसको चर्चा परिचर्चा सुन्दै आएको बताउनुभयो।  यस सस्थाले गरिव असाहाय निमुखा अशक्तहरू लाइ बिनार्सत सहयोग गर्छ गरिबलाई माया गर्छ भन्ने धारणा मनमा रहिरहेको र आज पनि त्यही काम गरेको देख्दा खुसी लागेको बताउनुभयो। जुन कार्यले धार्मिक कार्यक्रम मार्फत कुनै यज्ञ लगाए बराबरको काम गरेको बताउनुभयो।

देस र जनताको जीवनस्तर कसरी उठाउने भन्ने विषयमा गम्भीर भएर लाग्ने सस्था कहिकतै कोही बि बिग्रिन भत्किन गएमा सबैले सबैलाई सच्याएर जानुपर्छ सस्था  बचाउने कुरामा सचेत रहनुपर्ने बताउनुभएको थियो।

विगतको समयमा मानिसहरु लाइ डरलाग्दा रोगहरु जस्तै -हात्तीपाइले, कुष्टरोग ,मानसिक रोग ,एडस लगायत मानसिक स्वास्थ्य हरु लाग्द  मानिसहरु एकआपसमा छुन त के देख्दा पनि रोग सर्छ कि भनेर डराउने त्यो कालखण्डमा मानवलाई बचाउनुपर्छ भन्ने कार्य हेतु काम गर्दै आएको यस नौलो घुम्ती नामक संस्था का सम्पूर्ण सदस्यहरुले सबै चुनौतीहरुलाई सामना गर्दै आज मानव जीवन जिउन सहज बनाएको छ भन्नुभयो।

दिनप्रतिदिन बढ्दै गएको गरिबी अशिक्षा असामाजिक र बेथिति हरुको विरुद्ध सामाजिक कुरीति बिरुद्ध लड्दै आएको यस परिवेशमा नौलो घुम्ती ले महत्वपूर्ण भूमिका खेलेको प्रष्ट देख्न सकिन्छ भने यस संस्थाले गरिव असाहाय निमुखा बालबालिकाहरूको लागि शिक्षामा पनि लगानी गरेको कुरा सम्झना चाहनुभयो।

प्रमुख अतिथिले अझैपनि नौलो घुम्ती ले जति गर्न खोजेको अझै गर्न सकेको छैनौं हामीले अझै गर्नुपर्छ भन्ने उहाँहरूको भावनालाई उच्च सम्मान गर्दै लक्षित वर्गसम्म साँच्चै नौलो घुम्ती सस्था पुगेको छ कि छैन छैन भने लक्षित वर्गमा पुर्याउनको लागि यस संस्थाले फेरि पनि महत्वपूर्ण भूमिका खेल्नेछ जनताको विश्वास छ जित्नेछ भन्ने पुरा बिस्वास गरको बताउनुभयको थियो।

-प्रकाश अधिकारी

 

प्रतिक्रिया दिनुहोस्: