Worldlink Communications

पोखराको सहरी विकासमा सामाजिक संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

पौष ९ ,पोखरा

पोखराको  सहरी विकासमा सामाजिक संस्थाको अन्तर्गतका  समितिका  विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ पोखरा न्युरोडले आयोजना गरेको कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका कानुन,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले सहरकोविकासमा सामाजिक संस्थाको महत्वपुर्ण भूमिका रहेको बताउनु भयको थियो  ।

सामाजिक संस्थाले सरकारको कामकारबाही प्रति पैरवी गर्दै विकासका अवधारणाहरुलाई सुचारु गर्न सहयोग गरेको ‘सहर विकासमा सामाजिक संस्थाको भूमिका महत्वपूर्ण भयको बताउनु भयको थियो  । पुर्वाधार विकास देखि सामाजिक एवम् सांस्कृतिक विकासमा सामाजिक संस्थाहरुले उल्लेखनिय काम गरिरहेका छन् । सामाजिक संस्थाहरु पारदर्शी तरिकाले संचालन भई सरकारका कामकारबाहीहरुमा समेत सहयोग गर्ने हेतुले अगाडि बढ्नु पर्ने आवश्यकता आजको हो भन्दै विकासको पथमा सामाजिक संस्थाहरु सँगै प्रदेश सरकार पनि रहेको बताउनु भयको थियो।

प्रदेश सरकार पनि सामाजिक संस्थाहरुसँगै सहकार्य गरेर अगाडि बढिरहेको जानकारी उनले गराएका छन् । कतिपय सामाजिक संस्थाहरु काम भन्दा पनि कसरि कुरा बढी गर्ने खालको भएको उल्लेख गर्दै नियमन गरी कारबाहीको दायरामा पनि ल्याउन पर्ने आवश्यकतालाई
महत्वपूर्ण तरिकाले उठाउनु भयको थियो  ।राम्रा सामाजिक संस्था बिना विकास सम्भव नभएको बताउँदै सबै सघसस्था संग हातेमालो गर्दै अगाडी बढ्ने  सोचमा समेत परिवर्तन राखी अगाडि बढ्नु पर्छ भन्नुभयो ।

प्रतिनिधि सभा सांसद विद्या भट्टराईले सहर निर्माणमा सबै नागरिकको दायित्व बराबरी हुने बताउनुभयो  । उहाले पोखराको विकास आजसम्म काठमाडौंलाई हेरेर गरिएको र अब आवश्यकता मौलिकता र स्थानीय भुबनौटको आधारमा हुनुपर्ने बिषय रहेको उल्लेख गर्नु भयो ।‘सहरको विकासका हर नागरिकको जिम्मेबारी उत्तिकै हुन्छभन्दै  पोखराको विकास आजसम्म काठमाडौंलाई हेरेर गरिएको थियो । अब मौलिकताको खाँचो छ खाचो छ भन्नु भयो। भौतिक विकास देखि समावेशी विकासको अवधारणालाई आत्मसात् गर्दै अगाडि बढ्न सके मात्र समृद्धि हासिल गर्न सकिन्छ भन्नुभयो ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले शंकरराज पाठक लगायतका व्यक्तित्वले पोखराको संरचनाको विषयमा सहरी विकास सामाजिक संस्थाहरुले गम्भीर भयर नसोचेको भए अहिलेको पोखरा पोखरा को रुपमा बिकाश हुन् नसक्ने बताउनु भयको थियो। उनले पोखराको विकासमा महानगर सामाजिक संस्थाहरुसँगै मिलेर काम गर्न तयार रहेको अभिव्यक्ति दिनु भएको थियो  । सांस्कृति, प्राकृतिक रुपमा पोखरा धनी भएता पनि पोखरालाई हेर्ने र भन्ने अनि बोल्ने  प्रस्तुति  राम्रो नहुदा सम्म पोखरा पछाडी परेको र जसका लागि सामाजिक संस्थाहरुले समेत पहलकदमी गर्न आवश्यक रहेको उनले बताउनु भयको थियो  ।

पर्यटनविद कर्ण शाक्यले सहरको विकासमा पुर्र्वाधारले मात्र नहुने सबैको  सोचमा परिवर्तनको आवश्यकता रहेको प्रति इंगीत गर्नुभयको थियो । पोखराको प्राकृतिक अवस्थाको बारेमा ब्याख्या बिस्लेसन गर्दै शाक्यले हाम्रो सोच्ने शैलीमा नै परिवर्तनको आवश्यकता फरक रहेको बताउनु भयको थियो । सहरको गरिबको सोचका कारण विकासमा फितलोपन आएको अभिव्यक्ति उनको थियो ।रोटरी क्लबका डिस्ट्रीक गर्भनर जितेन्द्र राज भण्डारीले रोटरी क्लब एक अन्तराष्ट्रिय संस्था भएको बताउदै  क्लबले स्वास्थ्य र शिक्षाको क्षेत्रमा महत्वपुर्ण काम गरेको उल्लेख गर्नु भयको थियो  । कार्यक्रम रोटरी क्लब अफ पोखरा न्युरोड का अध्यक्ष गीता सिग्देलको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य  सुभाष सिग्देलले गर्नु भयको थियो।

प्रतिक्रिया दिनुहोस्: