Worldlink Communications

जि.स.स कास्की प्रमुख पौडेल भन्नुहुन्छ: श्रमिकको सुरक्षा पहिलो शर्त  

पौष १२, पोखरा

जिल्ला समन्वय समिती कास्किका प्रमुख लिलाधर पौडेलले उद्योगी व्यावसायिक र सरकारी निकायहरूले श्रमिकको सुरक्षाको बिषय लाई  आफ्नो पहिलो शर्त र प्राथमिकतामा राख्नु पर्ने बताउनु भएको छ।

देश बिकास र समृद्धिमा महत्त्वपूर्ण भुमिका खेल्ने श्रमिकहरू उत्पादन र निर्माणका मेरुदण्डको रूपमा रहेको हुँदा उह हरुको हक र सामाजिक सुरक्षामा बनेका नीति नियमलाइ कडाइका साथ ब्यबहारमा उतार्नु पर्नेमा जोड दिनु भयो।

यसअघि जारी भएका सामाजिक सुरक्षा ऎन लगाएत सम्पूर्ण नियमको नियगमन र प्रभाबकारी कार्यान्वयनमा रोजगारदाता हरूलाइ ध्यानाकर्षण गराउदै राज्यका तीन तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

ब्यबसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र सैबु भैसेपाटी ललितपुरको आयोजना र श्रम तथा रोजगार कार्यालय पोखराको समन्वय मा पोखराका उद्द्योग प्रतिष्ठानहरूमा कार्यरत श्रमिकहरूका लागि ब्यबसायजन्य सुरक्षा तथा स्वास्थ्य संबन्धित चार दिने सचेतनामुलक तालिमको उद्घाटन गर्दै सो कुरााहरू  बताउनुभएको हो ।

तालिम मा श्रमिकको सुरक्षा र स्वास्थ्यका बारेमा सुसूचित गराउन महत्त्वपूर्ण हुने बिश्वास ब्यक्त गरे। कार्यक्रममा श्रम तथा रोजगार कार्यालय पोखरामा कार्यालय प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेश ढकाल , पोखरा औधोगिक क्षेत्र ब्यबस्थापन कार्यालका प्रमुख किशोर पाण्डे , सो औधोगिक क्षेत्र उद्योग संघका प्रथम उपाध्यक्ष रुद्र लाल श्रेष्ठ ,कार्यक्रम संयोजक यमन राना ,लगाएतले मन्तव्य राख्नुु भएको थियो।

चार दिन सम्म चल्ने तालिममा पोखराका विभिन्न उद्योग प्रतिष्ठान हरूमा कार्यरत व्यावसायिक ब्यक्तित्व एबम श्रमिकहरूलाई पेशागत सुरक्षा र स्वास्थ ,कार्यस्थलमा हुने जोखिम र त्यसको न्यूनीकरणमा आबश्यक उपाय ,कार्यस्थलमा हुन सक्ने लागू औसध र लैङ्गिक हिंसा ,सुरक्षा उपकरण ,आकस्मिक तयारी ,श्रम ऎन तथा नियमावली संम्बन्धी कानुनी ब्यबस्था लगाएका बिषयमा प्रशिक्षण प्रदान गरिने बताइएको थियो।

ब्यबसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र सैबु भैसेपाटी ललितपुरका रसायनबिज्ञ सतिश कुमार उपाध्यायको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिको थियो।

 

प्रतिक्रिया दिनुहोस्: