Worldlink Communications

राम्चे लहदी गैरीस्वारा सामुदायिक बन उपभोक्ता समुहको ९ औ साधारण सभा सम्पन्न

पौष १७, पोखरा

पोखरा मा. न. पा वडा नं १९ मा रहेको राम्चे लहदी गैरीस्वारा सामुदायिक बन उपभोक्ता समितिको ९ औ बार्षिक साधारण सभाको प्रमुख अतिथि विकास आचार्य हुनुहुन्थ्यो राजु केसी को अघ्यक्षतामा भएको कार्यक्रम सन्चालन सचिब कुमार केसीले गर्नु भएको थियो। मौला मन्दिरको परिसरमा सब्य र भब्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि वडा सदस्य विकास अाचार्यले अब हामीले सामुदायिक बनलाई केवल दाउरामा मात्र सिमित नराखेर विविध अावश्यकताअनुसारको उत्पादन मुखी बनाउनु पर्दछ भन्नू भयाे ।प्रमुखअतिथि आचार्यले सामुदायिक बन बाट उपभाेक्ताहरुले सहजरुपमा प्राप्त गर्नसक्ने घाँस पात र नगदे उव्जाउ आदि सृजनात्मक उत्पादनका विगयमा प्रकाश पार्दै उपभाेक्ताहरुलाई नया साेचका साथ अघि बढ्नु पर्ने बताउनु भएको  थियो।

प्रतिक्रिया दिनुहोस्: