Worldlink Communications

यति एयरलाइन्सको जहाज दुर्घटना स्थलमा स्तम्भ निर्माण गरिने: अध्यक्ष 

माघ ५, पोखरा

माघ १ गते भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेर दिवंगतहुने हरुको सम्झनामा पोखरा १५ मा स्तम्भ र पार्क निमार्ण गरिने भएको छ । बिहिबार घटनास्थलमा आयोजित श्रध्दाञ्जलि तथा दिप प्रजोलन कार्यक्रममा पोखरा १५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले बताउनुभयो।

वडा सदस्य वलराम पौडेल ले पनि पर्यटकिय नगरी पोखरामा भएको दुर्घटनाले आफु र सम्पूर्ण वडा बासी स्तब्ध भएको बताउनुभयो। उहाँले सोही कार्यक्रममा दिवंगत हुनुहुनेहरूको सम्झनामा पार्क र स्तम्भ निमार्ण गर्ने बिषय लाई मुर्तरुप दिन सबैले मनैदेखि सहयोग गर्ने बताउनुभएको थियो ।

नेपालको आन्तरिक तर्फको जहाज दुर्घटना मध्यको यति एयर लाइन्सको जहाज सबैभन्दा ठुलो र मानवीय क्षतिको हिसाबले पनि धेरै भएका कारणले पछि सम्म स्मरण हुने खालको भैतिक संरचना निमार्ण गर्नुपर्ने स्थानीय प्रा. डा. नारायण प्रसाद अधिकारीले बताउनुभयो । अधिकारीले उहाहरू आत्मको चिर शान्तिका लागि प्रार्थना गर्नुभएको थियो ।

मितेरी टोल र नागबेली टोलका स्थानीय बासिन्दाहरूले दिपपञ्जवलन तथा श्रध्दाञ्जलि सभा गरेका हुन । दुर्घटनाका कारण स्थानीयहरूलाई र प्रत्यक्ष दर्शिहरूलाई पर्न गएको मानसिक समस्या र तनाब लाइ ध्यान दिदै शुक्रवार मनोचिकित्सकहरू द्वारा मनोपरामर्श उपचार गराउने व्यवस्था गरेको वडा सदस्य बलराम पौडेलले बताउनुभयो ।उक्त्त उपचार कार्यक्रम भोलि शुक्रवार बिहान ११ बजे देखि दिउसो १ बजे सम्म चल्ने बताइएको छ ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: