Worldlink Communications

तेस्रो टाइगर कप आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप भलिबल प्रतियोगिता को तयारी पुरा

माघ ७, पोखरा

भोलि बाट हुने तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता को तयारी पुरा भएको आज पत्रकार भेट कार्यक्रम गरेर  आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले  जानकारी दिएको छ ।

भोलि हुने पहिलो खेल महिलातर्फ न्यू डायमण्ड र नेपाल आर्मी बिच हुनेछ भने पुरुषतर्फ त्रिभुवन आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लबका विच हुने जानकारी गराइएको थियो ।

महिलालतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी गण्डकी प्रदेश, शसस्त्र प्रहरीवलको एपिएफ क्लव र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब रहेका छन् । यसै गरी पुरुषतर्फ नेपाल आर्मीको त्रिभुवन आर्मी, सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, गण्डकी प्रदेशको टिमको सहभागिता रहेको जानकारी गराइएको थियो ।

आयोजकले गण्डकी प्रदेशको महिला टिमलाई प्रतियोगितामा सहभागिता गराउदै गर्दा सो टिममा तीन जना राष्ट्रियस्तरका भारतिय खेलाडीहरु लाइ टिममा समावेश गर्ने बताइएको थियो।

प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ । बिगत बर्षहरुमा जस्तै यस वर्ष पनि  महिला–पुरुष दुवैतर्फ उपाधी विजेता टिमलाई नगद ५/५ लाख रुपैया, दोस्रो हुने टिमलाई नगद २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद ६५ हजार सहित प्रमाण पत्र  र टर्फि र प्रमाणपत्र सहित सम्मान गरिने बताइएको थियो।

प्रतियोगितामा हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र नगद ३ हजार बराबरको स्वास्थ्य परिक्षण कुपन उपलब्ध गराउने बताएको थियो त्यस्तैगरी महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५–२५ हजार उपलब्ध गराउने र  हरेक खेल मा उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०/१०हजारको पुरस्कार उपलब्ध गराइ सम्मान गर्ने जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्: