Worldlink Communications

सिर्जना साहित्य सदन घाचोक कास्कीद्वारा “झलकपुस्पा सिर्जना” पुरस्कार साहित्यकार सरस्वती श्रेष्ठ ‘सरु’ लाइ

माघ १५, पोखरा

सिर्जना साहित्य सदन घाचोक कास्कीद्वारा सिर्जना साहित्य सदन को रजत जयन्ती कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गरिएको छ।

कार्यक्रमको अध्यक्षता सिर्जना साहित्य सदनका अध्यक्ष शिव प्रसाद पोखरेलले गर्नुभएको थियो। कार्यक्रमको प्रमुख आतिथ्यता प्रति निधि सभासदस्य माननीय दामोदर वैरागी पौडेलले गर्नुभएको थियो। विशिष्ट अतिथिको आतिथ्यता प्रदेश सभा सदस्य गणेश मान गुरुङ र पुर्व माननीय एबम साहित्यकार डा. पुष्पा के.सि भण्डारीले गर्नु भएको थियो ।

२५औ स्थापना दिवसको शुभअवसरमा प्रमुख अतिथि दामोदर बैरागी पौडेलले पच्चिसवटा मैन बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो थियो भने यसै अवसरमा सिर्जना रजत जयन्ती तथा सिर्जना अंक १९ ( रजत जयन्ती विशेषांक )को पनि लोकार्पण भयको थियो।

सिर्जना साहित्य सदन घाचोक को रजत जयन्ती को शुभअवसरमा डा. पुष्पा के सी भण्डारी र झलक बहादुर भण्डारीद्वारा एकाउन्न हजार पाँच सय पचपन्न रुपैयाको अक्षयकोष स्थापना गरिएको छ। उक्त कोषबाट यहि बर्षदेखि साहित्यमा विशेष योगदान पुर्याउनु हुने साहित्यिक व्यक्तित्वहरु मध्य एकजनालाइ बार्षिक रुपमा “झलक पुष्पा सिर्जना पुरस्कार” को नाम बाट -२०७९ को पुरस्कार साहित्य कार सरस्वती श्रेष्ठ सरुलाई ” समर्पण गरेको छ। सदनले आफ्नो २५औं स्थापना दिवसको अवसर पारेर कवि सरुलाई पहिलो पटक यो पुरस्कार अर्पण गरेको हो। यो पुरस्कारको राशि रु ५१००/- नगद दोसल्ला र प्रमाण-पत्र रहेको छ।

बिभिन्न साहित्यिक व्यक्तित्वहरु पुर्व अध्यक्ष ,संरक्षक सदस्यहरु , आजिबन सदस्यहरु, सल्लाहकारहरु र सिर्जना सङ्ग जोडिनु भएका सम्पुर्ण साहित्यकार लगायत सम्पुर्ण कार्यसमिती टिम ,साहित्य प्रति चासो राख्ने साहित्यिक मनहरु र उल्लेख्य रुपमा स्थानिय जन समुदाय समेतको उपस्थित मा भएको कार्यक्रमलाई सस्थाका सचिब पदम नेपाल ले सन्चालन गर्नु भएको थियो।

कार्यक्रममा साहित्य को बिभिन्न बिधामा योगदान पुर्याउनु भएका आदरणीय व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो भने बिद्धालय स्तरको कविता प्रतियोगितामा उत्कृष्टहुने भाइबहिनी र सहभागिता जनाउने भाइबहिनीहरु लाइ सम्मान गरिएको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: