Worldlink Communications

अन्तर पोखरा वडा भलिबलको फाइनलमा भोलि वडा १६ र २३ भिडदै

माघ १७, पोखरा

पोखरा महानगरपालिका भलिबल संघको सहयोगमा भएको पोखरा अन्तर वडा भलिबल प्रतियोगिता फाइनलमा पुरुषतर्फ वडा न. १६ र २३बिच प्रतिस्पर्धा हुनेभएको छ ।

पोखरा रंगशालामा आज भएको भलिबल सेमिफाइनलमा वडा न. १६ ले वडा न. २० को टिमलाई ३-० ले पराजित गर्दै फाइनल पुगेको हो भने वडा न. २३ ले वडा न.१८ लाई ३–१ को  पराजित  गर्दै फाइनलमा पुगेका हुन ।

फाइनलमा भनेर महिला तर्फ वडा न. २३ र १८ बिच  प्रतिस्पर्धा हुने भएको छ।आज भएको  सेमिफाइनल खेलमा वडा न. १५ लाई २–०  पराजित गर्दै वडा नम्बर २३ फाइनल पुगेको हो भने महिलातर्फ तीनवटा टिम मात्र सहभागी भएकाले  गर्द  वडा न. १८ सिधैबिना प्रतिस्पर्धा फाइनल मा पुगेको थियो ।

भोलि हुने महिला तर्फको फाइनल गेम बिहान साढे ८ बजे र पुरुषतर्फको फाइनल दिउँसो १ बजे हुनेछ भने । प्रतियोगितामा प्रथम पुरुष र महिलातर्फ ६० हजार , द्वितीय  हुने महिला र पुरुष तर्फ ५० हजार र  तृतीय हुने महिला र पुरुष टिमलाई  ४० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र दिइने छ भने विभिन्न बिधाहरुमा  महिला र पुरुषतर्फ ५/५ जना खेलाडीले विधागत पुरस्कारबापत जनही ५/५ हजार नगद पुरस्कार को ब्यबस्था गरिएको छ ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: